Comments Add Comment

रोटरी धनगढीको नेतृत्वमा उपाध्याय

१९ साउन, कैलाली । रोटरी क्लब अफ धनगढीको वर्ष २०१७/०१८ का लागि रोटरियन दीर्घराज उपाध्याय अध्यक्षमा चयन भएका छन् ।

बुधबार भएको पदस्थापन समारोहमा नेपाल भुटान डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी रोटरियन किरणलाल श्रेष्ठले अध्यक्ष उपाध्यायलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।

वर्ष २०१७/०१८ का लागि अन्य पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष महेश विष्ट, संस्थापक अध्यक्ष प्रकाश भट्ट, पुर्व अध्यक्ष डा. गणेश बहादुर सिंह, उपाध्यक्षद्वय तोयाराज भट्ट र डा. खगेन्द्र भट्ट चयन भएका छन् ।

त्यस्तै सचिव पुष्कर राज ओझा, सहसचिव प्रकाश दर्जी, कोषाध्यक्ष सूर्यबहादुर गुरुङ्ग, सहकोषाध्यक्ष भुवन भट्ट र सर्जेन्टएट आम्र्स निर्मला भट्ट भयन भएका छन् ।

अन्य पदाधिकारीहरुमा डाइरेक्टरहरु पुर्व अध्यक्ष ओम प्रकाश पनेरु, डा. सुशील कुमार भण्डारी, ठेकेन्द्रराज जोशी, हरिशंकर ठाकुर, मान सिंह विष्ट, मिडिया संयोजक दीपक उपाध्याय र रोटर्‍याक्ट संयोजकमा उद्धव महतो चयन भएका छन् ।

पदस्थापन समारोहमा नेपाल भुटान डिष्ट्रिक ३२९२ का एसिस्टिेन्ट गर्भनर रोटरियन कुशल तर्तालले नेपालमा रोटरीले गरेको गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ धनगढीले मालाखेतीमा निर्माण गर्न लागेको खानेपानी योजनाका लागि १५ लाख आर्थिक सहयोग गर्ने रोटरियन श्याम तायल र १० लाख रुपैया सहयोग गर्ने व्यवसायी ओम प्रकाश अग्रवाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment