+
+
Shares

संसदीय समितिले आयल निगमले किनेको जग्गाको स्थलगत अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १:१३

२२ साउन, काठमाडौ । व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम भण्डारणका लागि आयल निगमले खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको आइतवार बसेको बैठकले निगमको जग्गा खरिदमा अनियमितता भएको सम्बन्धमा स्थलगत अध्ययन गर्ने निर्णय गरेको सांसद सुवासचन्द्र ठकुरीले अनलाइनखबरलाई बताए ।

समिति मंगलबारदेखि आयल निगमले किनेको झापा, सार्लाही, चितवन र भैरहवाको जग्गाको अनुगमनमा निस्किने सांसद ठकुरीले बताए ।

जग्गा खरिदमा भएको अनियमितताका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतका सरोकारवाला निकाय र स्थानीयसँग पनि राय लिइने समितिले जनाएको छ ।

‘खरिद गरिएको जग्गाको भौतीक स्थिति, इन्जिनियरिङ पक्ष र मूल्यको सम्बन्धमा अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन बुझाउनेछ,’ सांसद ठकुरीले भने ।

जग्गा खरिद सम्बन्धमा निगमबाट फाइल झिकाएर अध्ययन भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?