Comments Add Comment

कक्षा ९ मा पढ्दै छिन् करिष्मा (भिडियोसहित)

काठमाडौं । औपचारिक अध्ययनको धोको पूरा गर्न नायिका करिष्मा मानन्धर कक्षा ९ मा पढ्दै छिन् ।

कक्षा ७ मा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी करिष्माले फिल्मी दुनियाँमा सक्रिय भएपछि औपचारिक अध्ययनलाई बिचमै छाडेकी थिइन ।

त्यसयता उनले विद्यालय शिक्षा पूरा गर्न सकिनन् र निरन्तर अभिनयमै रमाइन । फिल्म निर्माणमा घाटा खाएपछि अमेरिका भासिएकी करिश्मा नेपाल आएपछि पुनः अभिनय र पछिल्लो समय नयाँ शक्तिको राजनीतिमा पनि सक्रिय छिन् ।

तर, यतिबेला उनलाई विद्यालय शिक्षा पूरा गर्न नपाएकोमा थकथकी लागेको छ र पुनः स्कूल भर्ना भएकी छिन् । विद्यालयबाट बाहिरिएको झण्डै तीस वर्षपछि उनी यतिबेला फेरि स्कूल जान जान थालेकी छिन् ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलवाट आठ कक्षा उत्तीर्ण गरेकी उनले यस वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी छिन् ।

सोमबार आयोजित नयाँ शक्तिको एक कार्यक्रममा उनले आफूले कक्षा ९ मा पढ्दै गरेको खुलासा गरेकी हुन् ।

०४२ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रुपमा डेब्यु गरेकी करिष्मा नेपालकी चर्चित नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेका दर्जनौ फिल्म सफल फिल्मको रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment