१. उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ ।
२. यसका रोगीले नियमित रुपमा व्यायाम गर्नुपर्छ । यद्यपी हल्का र सहज ढंगले गर्नुपर्छ, जबरजस्ती होइन ।
३. उच्च रक्तचाप नियन्त्रणको लागि प्राणायाम राम्रो विकल्प हो ।
४. पर्याप्त पानी पिउनुपर्छ ।
५. सधै खुसी रहने अभ्यास गर्नुपर्छ ।
६. नियमित एरोबिक्सले पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।
सायदै यस्ता घर फेला पर्ला, जसमा उच्च रक्तचापको रोगी छैनन् । बुढ्यौली उमेरकालाई त यसले गाँज्ने नै भए । अहिले युवाहरु, जो ३० बर्ष पुगेकै छैनन्, उनीहरु समेत उच्च रक्तचापको औषधी खाइरहेका छन् ।
विभिन्न कारणले रक्त संचारमा अवरोध पैदा भएर त्यसमा चाप बढ्छ । कतिपय अवस्थामा शरीरका भित्री अंग मुटु, मृगौला आदिको कार्यक्षमता कमजोर हुँदा रक्त प्रवाहमा समस्या हुन्छ । कतिपय अवस्थामा रक्तनली साँघुरिन्छ । कतिपय अवस्थामा रगत बाग्लो हुने एवं जम्ने हुन्छ । र, यसो हुनुमा हाम्रो जीवनशैली, खानपान, मानसिकता जिम्मेवार छ ।
स्वस्थ्य खानपान, सन्तुलित जीवनशैली, सकारात्मक मानसिकताले उच्च रक्तचापको जोखिम घटाउँछ ।
उच्च रक्तचापले शरीरमा अन्य रोगहरु निम्त्याउँछ । यसले मुटु र मृगौलालाई सोझो असर गर्छ । त्यसैले उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । यसका लागि प्राकृतिक विधीहरु छन् ।
– सात्विक खाना खाने । हरियो सागपात, ताजा फलफूल सेवन गर्ने ।
– माछामासु, चिप्लो, दुधजन्य पदार्थ, नुन आदिको मात्रा नियन्त्रण गर्ने ।
– शारीरिक रुपमा सक्रिय रहने ।
– ध्यान, योगा, प्राणायाम गर्ने । सधै सकारात्मक रहने ।
– धेरै महत्वकांक्ष नलिने । सुत्ने, उठ्ने, खाने तालिका नियमित गर्ने ।
मुटुको रोगबाट बच्नका लागि नियमित कम्तिमा आधा घण्टा कार्डियो एक्सरसाइज गर्नुपर्छ । जस्तो कि बि्रस्क वाक, जगिङ, साइक्लिङ, स्विमिङ, एरोबिक्स, डान्स आदि । वाकमा १ मिनेटमा ४० देखि ५० कदम, बि्रस्क वाकमा १ मिनेटमा ७५-८० कदम र जगिङमा १५०-१६० कदम हिँड्नुपर्छ ।
उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?
धेरैले जिम एवं वर्कआउट यसकारण गर्दैनन् कि, उनीहरुमा उच्च रक्तचापको समस्या हुन्छ । वास्तवमा उच्च रक्तचापको रोगीले नियमित रुपमा व्यायाम गर्नुपर्छ । किनभने उच्च रक्तचापको कारण निस्त्रिmय जीवनशैली पनि हो ।
हप्तामा पाँच दिन जिम गर्नाले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । यद्यपी जिम गर्न चाहने उच्च रक्तचापको रोगीले केहि कुरामा भने ख्याल गर्नैपर्छ ।
कस्तो सावधानी अपनाउने ?
– वर्कआउट मध्यम गतिमा गर्नुपर्छ । यद्यपी स्ट्रेन्थ ट्रेनिङले लामो समयसम्म उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।
– अन्य व्यायाममा जगिङ, पुलअप, बाइसेप कर्ल, सीटेड चेस्ट प्रेस आदि गर्न सकिन्छ ।
– नियमिन एरोबिक्सले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । जिम गर्दा ट्रेडमिल वा इलिष्टिकल ट्रेनरको उपयोग गर्न सकिन्छ ।
– एक सेक्सनमा ३० देखि ४० मिनेटसम्म व्यायाम गर्नुपर्छ । यद्यपी तिब्रतासाथ भने होइन ।
– व्यायामपछि राम्रो डाइट लिनुपर्छ, जसमा चिनीको मात्रा कम र कार्बोहाइड्रेट बढी हुनुपर्छ ।
– नियमित व्यायामले तनाव समेत हट्छ, जसले उच्च रक्तचाप नियन्त्रण हुन्छ ।
– व्यायामको प्रारम्भ विस्तारै गर्नुपर्छ । सुरुवातमा वार्मअप गर्नैपर्छ ।
– व्यायामको क्रममा सास रोक्नु हुँदैन । किनभने सास रोक्दा उच्च रक्तचाप बढ्न सक्छ ।
प्रतिक्रिया 4