+
+
Shares

कमल थापाले साइत हेराएर उम्मेदवारी दर्ता गरे

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १५:३३

१६ कात्तिक, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताए ।

उम्मेदवारी दर्तापछि बोल्दै थापाले झापा-३ बाहेक देशका अन्य सबै ठाउँमा नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेको प्रस्ष्ट पारेका छन् ।

झापा-३ मा विशिष्ट परिस्थितिका कारण कांग्रेसँग मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा गर्नु परेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?