Comments Add Comment

पहिलो बच्चालाई कसरी स्तनपान गराउने ? उपयोगी ८ टिप्स

बच्चाको पहिलो खुराक भनेको आमाको दुध हो । आमाको दुधले नै बच्चालाई शारीरिक र मानसिक रुपमा विकास गर्छ । सुरुका दिनहरुमा आफ्नो बच्चालाई दुध खुवाउँदा पनि आमाका निम्ति अनौठो अनुभूति हुन्छ । कतिपय आमाहरु यतिबेला निकै धकाउँछन्, लजाउँछन् । तर, यसमा लजाउनुपर्ने कुनै कुरा छैन, किनकी यो एउटा प्राकृतिक क्रिया हो ।

यहाँ स्तनपानसम्वन्धि आठ टिप्स प्रस्तुत गरिएको छ, जो नयाँ आमाहरुका निम्ति उपयोगी हुनसक्छ ।

सार्वजनिकरुपमा स्तनपान

सार्वजनिक स्थानमा हुनुहुन्छ र शिशु भोकले रुन थाल्यो भने के गर्ने ? यतिबेला बोल्ड हुनै पर्छ । बिना हिच्किचाकट बच्चालाई स्तनपान गराउनुपर्छ । कसैले हेर्‍यो भने हेरिरहन दिनुपर्छ, वास्तै गर्नुहुँदैन । सल ओढ्नु भएको छ वा सारी लगाउनुभएको छ भने आफ्नो स्तनलाई छोपेर स्तनपान गराउन सक्नुहुन्छ ।

खुकुलो वस्त्र

शिशुलाई स्तनपान गराउँदा आमाले लगाउने बस्त्र खुकुलो र सुविधाजनक हुनुपर्छ । कुर्ता र टिसर्ट जस्ता लुगा लगाएको छ भने त्यसलाई माथि उठाएर दुध चुसाउन असहज हुन्छ । त्यसैले सुत्केरी आमाहरुले चेनबाला ब्रा, टप खरिद गर्नुपर्छ जसलाई आफ्नो ज्याकेट, कार्डिगन वा जीप-अपभित्र लगाउन सकियो ।

साथै नर्सिङ प्याड पनि खरिद गर्नुस जसले स्तनपान नगराएको बेला तपाईंको स्तनलाई आराम पुर्‍याउन मद्दत गर्छ ।

प्रशस्त अभ्यास

जति धेरै स्तनपानको अभ्यास गरिन्छ, त्यति नै धेरै सजिलो हुन्छ । सुरुका केही हप्ताहरुमा यो कठिन हुने भए पनि समयसँगै शरीर यसका लागि अभ्यस्त हुँदै जान्छ । जति धेरै स्तनपान गराउनुहुन्छ, तपाईंको शरीरमा त्यति नै बढि दुध उत्पादन हुन्छ र बच्चाका लागि पर्याप्त हुन्छ ।

मोइस्चराइजरको प्रयोग

बच्चालाई दुध नपिलाएको बेला आफ्नो निप्पललाई मोइस्चराइज गरौं । निप्पललाई आराम चाहिन्छ, त्यसैले निप्पल क्रिम, निप्पल बटर वा जैतुनको तेल वा आफ्नै दुधले पनि मोइस्चराइज गर्न सक्नुहुन्छ । यस्तो मोइस्चराइजरको प्रयोग गरौ, जसलाई स्तनपानको दौरान सफा गर्नुपर्ने आवश्यकता नपरोस । यसबाट काम हलुका हुन्छ ।

पानी मनग्गे पिउन दिने

स्तनपान गराउनका लागि शरीरमा पानीको मात्रा पनि पर्याप्त हुनुपर्छ । आफू हाइड्रेट रहेको सुनिश्चित गर्न एउटा तरिका छ । आफ्नो पानीको बोतल, पौष्टिक स्न्याक्स, आफ्नो स्तनपानको सेसन लेखिएको डायरी, केही पत्रिका र टेलिभिजनको रिमोट आफ्नो साथमा राखौं । साथै आफ्नो निप्पल क्रिमलाई पनि सँगै राख्नुपर्छ ।

स्वस्थकर खानेकुरा खाने

बच्चाले दुधमार्फत पोषण तत्व लिन्छ । त्यसैले यस दौरान पर्याप्त मात्रामा भोजन गर्नु जरुरी छ । आमाले गर्ने भोजन पौष्टिक पनि हुनुपर्छ ।

यसका साथै स्तनपान गराउँदा शरीरको कयौं क्यालोरी प्रयोग भएको हुन्छ । त्यसैले यसको भरपाइका लागि पनि पर्याप्त खानेकुरा खानु आवश्यक छ । भोजन अपर्याप्त भयो भने थकान उत्पन्न हुन्छ र बच्चाले पर्याप्त पोषण पाउँदैन ।

अरुसँग तुलना नगरौं

आफ्नो तुलना अन्य आमाहरुसँग गर्नबाट बच्नुपर्छ । हरेक आमाका भिन्न गुण हुन्छन् । कुनै आमाको मनग्गे दुध हुन्छ भने कसैको कम । कुनै आमालाई स्तनपान गराउँदा कुनै दुखाई हुँदैन भने कुनै आमालाई असह्य दुख्छ ।

धेरै दुखाई हुन्छ तर स्तनपान गराउने हो भने फर्मुला फिड अपनाउनुपर्छ, यसमा कुनै हानी छैन । यसमा विल्कुल पनि ध्यान नदिनुस कि अरु मानिसहरुले के भन्छन् । आफ्नो शिशुर्लाइ फर्मूला दिन सक्नुहुन्छ र यो उसका लागि विल्कुल सही छ ।

श्रीमानको सहयोग लिने

श्रीमानले बच्चालाई बोतलको दूध पियाउने भन्दा बढि मद्दत गर्न सक्छन् । उनलाई आफ्नो शिर र खुट्टा मालिस गर्नका लागि आग्रह गरौं । अथवा, आराम गरिरहेको बेला पानी वा भोजनका लागि अह्राउनुस । फुर्सदमा आफूसँग राखेर गफ गरौं । यसले धेरै फाइदा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment