Comments Add Comment

‘स्वेता श्री फाउन्डेशन’लाई ‘मेला’ निर्माताको ५१ हजार सहयोग


कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’ अहिले चर्चामा छ । विशेषगरि, चलचित्रको ट्रेलरमा समावेश संवाद, यसको गीतसंगीतका कारण यसले चर्चा पाएको छ । चलचित्रका प्रस्तुतकर्ता हरि पन्तले प्रचारसँगै समाजसेवालाई पनि निरन्तरता दिएका छन् ।

नायिका स्वेता खड्काको अगुवाइमा बनिरहेको माझी बस्तीलाई चलचित्रका प्रस्तुतकर्ता हरि पन्तले नगद ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । स्वेतालाई नगद ५१ हजारको चेक हस्तान्तरण गर्दै हरिले चलचित्र क्षेत्रकी एक चर्चित नायिकाको समाजसेवामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । ‘स्वेता श्री फाउन्डेशन’ले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माण गरिरहेको छ ।

प्रेम कथामा आधारित रहेर तयार पारिएको चलचित्रमा अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेष भण्डारीको मुख्य भूमिका छ । नायिका खड्काले सहयोग रकमको चेक वुझ्दै भनिन्–‘म ‘मेला’ टिमलाई सफलताको शुभकामना दिन चाहन्छु । उहाँहरुले गर्नुभएको सहयोगले माझी बस्ती निर्माणमा ठूलो मद्दत पुग्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment