Comments Add Comment

चालिस कटेपछि यसरी राखौं आफुलाई फिट एन्ड फाइन

हामीकहाँ गीत छ, ‘चालिस कटेसी रमाउँला ।’ चालिस कटेपछि रमाउनका लागि धनसम्पति, सुखसयाल मात्र पर्याप्त छैन । आफ्नो शरीर पनि फिट एन्ड फाइन हुनुपर्छ, ताकि सुखभोग गर्न सकियोस् ।

उमेरले चालिस काटेपछि स्वभाविक रुपमा केहि समस्याहरु देखापर्छ । पारिवारिक जिम्मेवारीसँगै बढ्दो उमेरले सानोतिनो समस्या, जटिलता ल्याउन सक्छ । त्यसैले चालिस बर्ष उमेरपछि शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि खानपान, व्यायामदेखि सोच चिन्तनमा समेत ख्याल गर्नुपर्छ ।

तौल बढ्ने

४० बर्ष पुगेपछि शारीरिक सक्रियता घट्न सक्छ । हाम्रो शरीरको अंगहरु चुस्त नरहन सक्छ । यसले गर्दा भित्री अंगहरुले सहि ढंगले कार्यसम्पादन गर्दैन । पाचन प्रक्रियाले पनि । त्यसैले हामीले खाएको खानेकुरा सहजै पच्दैन । बरु, मोटोपन बढ्न थाल्छ । शरीरमा अतिरिक्त बोसो जम्न थाल्छ । यसले बिस्तारै उच्च रक्तचाप, मधुमेह जस्ता समस्या ल्याउन सक्छ ।

कस्तो डाइट गर्ने ?

यसबेला फाइबरयुक्त खानेकुरा सेवन गर्नुपर्छ । आफ्नो डाइटमा एन्टिअक्सिडेन्ट सामेल गर्नुपर्छ । प्राकृतिक तेल प्रदान गर्ने बदाम, ओखर आदि सेवन गर्नुपर्छ ।

फिटनेस

तौल नियन्त्रणको उपाय भनेको शारीरिक सक्रियता हो । घरमा बसेको बेला केहि न केहि शारीरिक क्रिया गरौ । बिहान बेलुकी पैदल यात्रामा निस्नुपर्छ ।

उच्च रक्तचाप

यो उमेरमा उच्च रक्तचाप बढ्ने समस्या हुन्छ । यदि रक्तचाप सामान्य छ भने, नियमित परीक्षण गर्नुपर्छ । यदि मधुमेह, मुटुरोग वा मृगौलाको समस्या भए, नियमित परीक्षण गर्नैपर्छ ।

डाइट

यस उमेरमा ओमेगा थि्र फ्याटी एसिडयुक्त आहार खानुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र हृदयको अनियमितता पनि ठिक गर्छ ।

फिटनेस

एक अध्ययन अनुसार सिल्चर योग उच्च रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ । साथै अनुलोम बिलोम, कपलभाती पनि रक्तचाप नियन्त्रणमा प्रभावकारी हुन्छ । प्राणायम विधीले यो समस्यामा छुटकारा दिन्छ । योगका साथै बिहान उठेर ४५ मिनेट जति हिँड्नुपर्छ । हिँड्नुअघि वार्मअप गर्नुपर्छ ।

कोलेस्ट्रोल

उच्च रक्तचापका साथसाथै कालेस्टोर पनि बढ्न सक्छ । चालिस बर्ष कटेपछि हरेक पाँच बर्षमा कोलेस्टोरको जाँच गर्नुपर्छ ।

डाइट

उच्च फाइबरयुक्त खानेकुरा जस्तो कि, दाल, जौ, गहुँ, फल र सब्जी सेवन गर्नुपर्छ । यसले रगतमा कोलेस्टोर कम गर्न सहयोग गर्छ ।

फिटनेस

हप्तामा पाँच दिन तीस देखि चालिस मिनेट एरोबिक्स एक्सरसाइज गर्नुपर्छ ।

मधुमेह

मधुमेह निकै गंभिर समस्या हो । यदि सुरुवाती समयमा यसबारे थाहा भयो भने नियन्त्रण गर्न गाह्रो छैन । तर, मधुमेह भएर पनि उचित खानपान, जीवनशैली अपनाइएन भने यसले अरु रोग समेत निम्त्याउँछ ।

डाइट

मधुमेहमा फाइबर डाइट एकदमै महत्वपूर्ण हुन्छ । यसले शुगर लेभल नियन्त्रण गर्छ । त्यसैले गहुँ, ब्राउन राइस आदि सेवन गर्नुपर्छ । फल र सब्जीमा जोड दिनुपर्छ । अनिवार्य रुपमा सलाद सेवन गरौ ।

फिटनेस

व्यायाम गर्नाले शरीरमा रक्तसंचार सुचारु हुन्छ । यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । मेटाबोलिज्मलाई सन्तुलित राख्छ । मधुमेहको खतरा कम गर्छ । मधुमेह रोगीले केहि किसिमका व्यायाम गर्नुपर्छ । कहिले योग गर्ने, कहिले कार्डियो र कहिले भारोत्तलन गर्नुपर्छ । सधै एक किसिमको व्यायाम नगरौ । हप्तामा कम्तिमा एक सय ६० मिनेट व्यायाम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment