नायिका विद्या बालनको तौलको चर्चा जहिले पनि बलिउडमा हुने गर्दछ । बलिउडमा केही नायिकाको तौलको चर्चा यति धेरै हुन्छ कि, त्यो सुनेर उनीहरु पनि हैरान भैसकेको अवस्था छ ।
नायिका जरिन खानले त मिडियाकै कारण आफू अगाडि आउन नसकेको बताइसकेकी छिन् । नयाँ चलचित्रको प्रमोशनमा मिडियासँगको कुराकानीमा विद्याले पत्रकारलाई हेर्ने तरिका वदल्न सुझाव दिएकी छिन् ।
विद्यालाई एक पत्रकारले सोधे-‘तपाई अब आफ्नो तौल घटाएर ग्ल्यामर रुपमा प्रस्तुत हुने सोचमा त हुनुहुन्न ?’ यो प्रश्नमा विद्याले भनिन्-‘म मेरै हालतमा ठिक छु । मुख्यरुपमा तपाइहरुले आफ्नो हेर्ने तरिका बदल्न जरुरी छ ।’
विद्या यसपटक भने तौलको बिषयमा केही आक्रोशित देखिएकी छिन् । साथै, उनले तौलले काममा कुनै असर नगर्ने समेत बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4