+
+

भिटामिन ईले कसरी जवान र सुन्दर बनाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ३० गते १६:१६

भिटामिन फैक्टयुक्त भिटामिन हो, जुन विभिन्न खानाबाट पाइन्छ । शरीरका कोषिकाको पुननिर्माण, रक्त सञ्चार सूचारु, मुटु तथा मांसपेश बलियो बनाउन, तथा छालाको लागि यो उपयोगी मानिन्छ ।

स्वास्थ्य तथा सौन्दर्यका दृष्टिकोणले पनि निकै उपयोगी भिटामिन ‘ई’ फलफूल, पत्तावाल सागपात, तेल, ड्राई फ्रुट लगायतमा पाइन्छ ।

क्लिन्जर

भिटामिन ईको प्रयोग कयौ प्रकारका सौन्दर्यका प्रसाधनहरुमा गरिन्छ । यसले छालाका विकार, फोहर तथा मृत कोषिकाहरुलाई सफा गर्ने हुदाँ यसलाई गुणस्तरीय क्लिन्जर पनि भन्ने गरिन्छ ।

एन्टीएजिङ

भिटामिन ईमा भरपूरमात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ , जसले उमेरका कारण अनुहारमा हुने असरलाई कम गर्न मद्दत गर्छ । त्यस्तै, यसले चाउरीपना कम गर्न तथा रोक्न प्रभावकारी भूमिका खेल्ने गर्छ ।

विकरणबाट बचाउँछ

सुर्यको विकिरणका कारण छालामा पर्ने असरबाट भिटामिन ‘ई’ ले हामीलाई बचाउँछ । साथै सर्न वर्न तथा फोटो सेंसेटिभबाट समेत भिटामिन ईले बचाउँछ ।

मानसिक रोग

एक अनुसन्धानका अनुसार भिटामिन ‘ई’को कमीका कारण मानसिक रोगको सम्भावना बढ्ने गर्छ । भिटामिन ईको सेवनले मानसिक तनाव कम गर्न तथा अन्य समस्या कम गर्न मद्दत गर्छ ।

प्राकृतिक नरमपना

छालालाई प्राकृतिक रुपमा नरम बनाउन भिटामिन ई फाइदजनक मानिन्छ । साथै यो छालामा कोषिकाहरुको पुर्ननिर्माणमा समेत सहयोगीको भूमिका निर्वाह गर्छ ।

आरविसी निर्माण गर्छ

भिटामिन ‘ई’ रातो रक्त कोषिका निर्माणको लागि निकै फाइदाजनक मानिन्छ । गर्भावस्थाका दौरान भिटामिन ईको सेवनले एनिमिया वा रगतको कमीबाट बचाउँछ ।

हर्मोनल गडबडीमा लाभदायक

भिटामिन ‘ई’ प्राकृतिक रुपमा हर्मोन व्यालेन्स गर्नका लागि पनि निकै उपयोगी मानिन्छ । शरीरमा हर्मोनल गडबडी भएमा तौल बढ्ने, एलर्जी, पिसाब थैलीको संकमण, छालाको समस्या , डर लाग्न लगातकेा समस्या निम्तने गर्दछ ।

भिटामिन ‘ई’ युक्त खानेकुराको सेवनले प्राकृतिक रुपमै हर्मोनल गडबडीको समस्या कम गरी हर्मोन व्यालेन्स गर्न मद्दत गर्छ ।

कसरी पाइन्छ भिटामिन ई ?

भिटामिन ई हामी खानेकुराको माध्यामबाट ग्रहण गर्न सक्छौ । यसको राम्रो स्रोत भनेको एभोकाडो, हरियो सागपात, किसमिस, बदाम, ओखर, अन्डा, कांक्रा, गाजर आदिबाट पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?