+

ब्लड सुगर लेभल थाहा पाउने सरल विधि

२०७४ मंसिर  ११ गते ३:५० २०७४ मंसिर ११ गते ३:५०
Shares
ब्लड सुगर लेभल थाहा पाउने सरल विधि

मधुमेहको दीर्घकालिन समस्या झेलिरहेकाहरुले मधुमेहमाथि निगरानी गरिरहनु पर्ने हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका, ईन्सुलिन लिइरहेका र मधुमेहको कारणले स्वास्थ्यमा जटिलता उत्पन्न भइसकेकाहरुले नियमित रुपमा आफ्नो ब्लड शुगरको लेवल थाह पाउनु पर्ने हुन्छ ।

मधुमेह विशेषज्ञ चिकित्सकहरु त मधुमेह रोगीले हरेक ठेश भोजन -विहानको खाजा, दिउँसोको खाना र रातीको खाना) पश्चात आफ्नो ब्लड शुगर थाह पाउनु पर्ने र शुगरको स्तर अनुसार नै खानपान गर्ने र इन्सुलिन लिनु पर्ने पद्धति माथि जोड गर्नु हुन्छ ।

यसरी दिनमा ३ पल्ट थाहा पाउनु पर्ने मधुमेहको स्तर जाच्न हरेक पल्ट प्रयोगशाला जान स्म्भव हुँदैन र प्रयोगशालाको कष्टकारक ब्लड ड्रोइङ्ग र उच्च मूल पनि विरामीको लागि प्रयोगात्मक हुन सक्दैन । यस्तो परिस्थिति आजकल डाक्टरहरु विरामीलाई घरमै ब्लड शुगरको जाँच गर्न सल्लाह दिने गर्छन । अरु कसैको सहायता बिना पनि जाच्न सकिने भएकाले यो पद्धतिलाई सेल्फ मनिटरिङ अफ ब्लड ग्लुकोज भनिन्छ ।

ग्लूकोमिटर

आफ्नो ब्लड शुगर स्तर माथि निगरानी राख्न ग्लूकोमीटर भन्ने शुगर लेभल जाँच गर्ने यन्त्रको आवश्यकता पर्दछ । ग्लूकोमीटर गोजीमा बोकेर हिँड्न सकिने यन्त्र हो । यसले केशिका -धमनी) मा भएको ब्लड ग्लुकोज मापन गर्दछ । फलतः शिरबाट गरिएको टेष्ट भन्दा १०-१५ ! बढी रिडिङ्ग दिन्छ ।

ग्लकोमीटरले ब्लड ग्लुकोज जाच्न रगतको सानो थोपा कफि हुन्छ । आफैले ब्लड ग्लुकोजको मोनिटरिङ्ग गर्ने गर्दा औषधिको प्रभाव, खानेकुराको ब्लड ग्लूकोजमा असर, हाइपोग्लाईसेमिया, कोमा जस्ता मेडिकल इमरजेन्सीका आकलन गर्न सकिने हुँदा सबै मधुमेहका रोगीले मधुमेहको आफै नीगरानी गर्ने कला सिक्नुपर्ने हुन्छ ।

कसरी जाँच्ने ?

१.मधुमेहको आफै जाँच गर्नका लागि ग्लुकोमीटर भन्ने यन्त्रको आवश्यक हुन्छ । यो यन्त्रको तीनवटा पार्ट-पुर्जाहरु हुन्छन् । (१) ग्लुकोज नाप्ने डीजीटल यन्त्र -२.टेष्ट स्टि्रप र (३) रगत निकाल्ने ल्यानसेट ।

२.ब्लड शुगरको आफै जाँच गर्न सर्वप्रथम तातो पानीले हात धोएर हातलाई सफा तौलीले पुछी सुख्खा गर्नु पर्ने हुन्छ ।

३. अव बट्टाबाट ल्यान्सेट निकालेर पङचरीङ्ग पेनमा फिट गराउँ र कति गहिरो प्रिक गर्नुपर्ने हो सोही अनुसार टुप्पामा भएको ढक्कन हटाएर टीप एक्सपोज गरौं । पेनमा अंक सेट गरौं ।

४. अब ग्लूकोमीटरलाई अन गरी त्यसमा टेष्ट स्ट्रिप फिट गरौं । मिटरले रगत मागेको संकेत गर्दछ ।

५. अब कुनै एक औलाको टुप्पालाई रेक्टीफाइड स्प्रीटले राम्ररी सफा गर्नुपर्छ ।

६. पंङचरिङ्ग पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औलामा टासेर पेनको बटम दबाउने ।

७.औलालाई विस्तारै निचोरेर रगतको सानो थोपा निकाल्ने ।

८. रगतको थोपालाई अब टेष्ट स्ट्रिपको टुप्पामा छुवाईदिनुहोस् रगत विस्तारै टेष्ट स्ट्रीपमा जान्छ र केही सेकेण्ड मा ब्लड सुगरको लेबल देखाइदिन्छ ।

९. रिडिङ्ग आइसकेपछि ल्यान्सेट र स्ट्रीपलाई सुरक्षित ठाँउमा विसर्जन गरौं ।

१०. औलाबाट खुन ज्यादा हुन नदिन सफा कटनले औला थिचिरहनु पर्छ ।

के छ फाइदा ?

१. कुन खोनकुराले कति ब्लड ग्लुकोज बढाउँछ भन्ने थाहा पाउन मद्दत गर्दछ ।

२. कुने औषधीले कति काम गर्दा रहेक कुन स्तर सम्म शुगर कन्ट्रोल गर्दा रहेछ भन्ने थाह पाउन मद्दत गर्दछ ।

३. हाइपोग्लाइसेमीया कोमा ब्लड ग्लुकोज कम भएर हुने बेहोसी ठम्याउन मद्दत गर्दछ ।

४. ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

ब्लड सुगरको जाँचः मधुमेहका रोगीले कतिखेर गर्नू पर्छ ?

१. लामो यात्रामा जानुपूर्व ।

२. कडा शरिरिक परिश्रम गर्नु पूर्व र पश्चात

३. पावर-टूलहरु चलाउँदा

४. इन्सुलीनको मात्र मिलाउनु पूर्व र मिलाईसके पश्चात

५. खानामा गडवढी हुन गएमा

६. तनावको स्थितिमा

(मेडिकल डाइरेक्टर, योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालय भरतपुर-१ वागीश्वरी, देवघाटधाम, चितवन नेपाल)

मधुमेह
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय