Comments Add Comment

टेस्टी होइन, हेल्दी खानाः किनिहालौं जौ, फापर र कोदो

हाम्रै वरिपरि छन्, स्वस्थकर खानेकुरा

खानेकुराको प्रसंग शुरु गर्दा हामी स्वादको कुरा गर्छौं । तर, स्वाद केका लागि ?

जवाफ हो, जिब्रोका लागि । निश्चिय नै स्वाद जिब्रोका लागि हो, खाना भने स्वास्थ्यका लागि । अब सोचौं त, खाना जिब्रोका लागि खाने कि स्वास्थ्यका लागि ?

अब ढिलो नगरौं, जागौं । टेस्टी होइन, हेल्दी खाना रोजौं ।

हुन त, रहरलाग्दा र मिठोमसिनो खानेकुरा देख्दा हाम्रो जिब्रो रसाउँछ । यही जिब्रो हो, हामीलाई धोका दिने । जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौं, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं । परिणाम, त्यसले स्वास्थ्यमा प्रतिकुल असर पुग्छ । यसले शरीरलाई पोषण दिनुको साटो जीर्ण र रोगी बनाउँछ ।

सानो जिब्रोको स्वादले भविष्यमा कति समस्या निम्त्याउँछ भन्ने हामी पढेलेखेकाले त्यति हेक्का राख्दैनौं । होटेलका चम्किला प्लेटमा सजाइएका अस्वस्थकर खानेकुराले स्वास्थ्यमा के के हानी पुर्‍याउँछ भन्ने हामी वास्ता राख्दैनौं ।

‘ठूलोबडाको ठूलै नाम’ भनेझैं होटेलमा पकाएको बासी भातलाई १० चोटी तताइसकेको तेलमा भुटेर दिँदा पनि हामी ‘प|mाइड राइस’ भन्दै मज्जाले पैसा तिरेर खान्छौं । जबकि, घरमा साँझ पकाएर राखेको भात बिहान खाँदा जुठो हुन्छ भनेर कुकुरलाई दिने गरिन्छ ।

हाम्रो भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्ने कला अभाव र प्याकेटका खानेकुरा मात्र उत्तम हुने मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ । अस्वस्थकर खानपानकै कारण हामीलाई रोग लाग्छ भन्नेसमेत बिचार नगर्दा हाम्रो लाखौं रुपैयाँ स्वास्थ्योपचारमै खर्च हुने गर्छ ।

जौको जादू

जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ ।

जौले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फरजस्ता सुक्ष्म पोषण तत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।

जौले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता पुर्‍याउँछ ।

जौले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, आन्द्राको क्यान्सर हुनबाट पनि बचाउँछ । जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ ।

जौको प्रयोग मुटु रोग भएका व्यक्तिहरुका लागि पनि लाभदायक हुने पनि अमेरिकामा प्रकाशित एक अनुसन्धानले देखाएको छ । करिब १९ वर्षसम्म चलेको उक्त अनुसन्धानमा १० हजार बयस्क महिला र पुरुषले भाग लिएका थिए ।

अनुसन्धानका क्रममा दिनको २१ ग्राम (चार चम्चा) रेशादार पदार्थ सेवन गर्ने व्यक्तिमा १२ प्रतिशत मुटुको रोग कम भएको देखियो । यसका साथै रेशादार पदार्थको प्रयोगले, मधुमेह भएका व्यक्तिहरुको रगतमा चिनीको मात्रा कम गर्न पनि मद्दत मिलेको पुष्टि भएको छ । रेशादार पदार्थबाहेक जौमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ, जसले शरीर स्वस्थ राख्छ ।

रजोनिवृत्ती भइसकेका महिलाका लागि विभिन्न समस्या रोक्न जौ एउटा राम्रो भोजन मानिन्छ । बोसो घटाउन र मुटुको रोग लाग्नबाट बचाउन पनि जौले मद्दत गर्छ । रजोनिवृत्ती भइसकेका दुई सय २० महिलामा गरिएको अनुसन्धानले मुटुका धमनीहरुमा पाइने बोसो घटाउन पनि जौले भूमिका निर्वाह गर्ने गरेको देखाएको छ । यो अनुसन्धान अमेरिकी हर्ट जर्नलमा प्रकाशित भएको थियो ।

जौं म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ र मधुमेहका बिरामीलाई पनि सहायता पुर्‍याउँछ । केवल रेशादार पदार्थ मात्र होइन, विभिन्न किसिमका अन्य सुक्ष्म पोषण भएको कारणले जौ एउटा उत्तमभोजन हो ।

तर, अन्य अन्नमा जस्तै जौमा रहेका पौष्टिक तत्वहरु नष्ट नहोउन् भनेर ध्यान पुर्‍याउनुपर्छ । जौको मैदा बनाएर खाँदा त्यसमा रहेका पौष्टिक तत्वहरु नष्ट हुन्छन् । बरु, च्याँख्ला वा आँटा बनाएर खाँदा जौमा रहेका पौष्टिक तत्वहरु नष्ट हुन पाउँदैनन् ।

कोदोको कमाल

अछाम, मुगुजस्ता जिल्ला पुग्दा स्थानीय रुपमा पाइने खानेकुरा भेटिएन । अछाममा कोदोको रोटी बनाउन होटेलकी साहुनीलाई अर्डर दिँदा उनले एक पटक माथिदेखि तलसम्म हेरिन् ।

‘काठमाडौंबाट आएका मान्छेले पनि कोदो खान्छन् र ?’ उनले आश्चर्य प्रकट गरिन् ।

‘जौ नै पाइने ठाउँमा जौको पिठोको रोटी बनाइदेउ न,’ मैले भनें ।

फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामीन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ । अर्थात्, शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ र बुढ्यौलीको प्रक्रियालाई कम गराउँछ ।

‘जौ त खाली पूजा गर्दा, ब्रत बस्दा मात्र खाने चलन छ,’ उनले भनिन् ।

कोदो, फापर, जौ, मकै आदि स्वास्थ्यबर्धक अन्न हुन भनेर मैले आफ्ना छरछिमेकलाई भनें । शायद कमैले वास्ता गरे होलान् ।

‘अब कहीं नपाएर हाम्रो खेतमा फल्ने मकै, कोदो, फापर पनि त्यस्तो गुणले भरिएका होलान् र ?’ कसैकसैको प्रतिक्रिया हुन्थ्यो ।

यसरी घरमा रहेका, परापूर्वकालदेखि चलिआएका सस्ता खानेकुरा छाडेर महँगो खाना किन्दा बजेटमा पनि नराम्रो असर पार्छ । कुपोषणबाट उत्पन्न समस्या समाधान गर्न पैसा खर्च गर्नुपर्ने त छँदैछ, मानसिक तनाव पनि झेल्नुपर्ने हुन्छ ।

फापर इज बेटर

फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । तर, फापर उब्जिने ठाउँमा पनि यसको कम प्रयोग हुन थालेको छ ।

फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । चीनमा आठ हजार ५५ जनालाई एक दिनमा एक सय ग्राम फापर दिएर केही समयपछि उनीहरुको रगत जाँच गर्दा यो तथ्य पत्ता लागेको थियो ।

भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्न नसक्नु र प्याकेटका खानेकुरा मात्र उत्तम हुन्छन् भन्ने मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ ।

फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ ।

जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रा म्याग्नेसियम हुन्छ, जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ । काठमाडौंका केही धनी मानिसलाई चिनीको रोग लागेपछि चिकित्सकहरु उनीहरुलाई फापरको रोटी खाने सल्लाह दिने गर्छन् ।

त्यही कारणले आजकल काठमाडौंमा फापर महँगो छ । गाउँघरतिर फापर सहजै उपलब्ध हुने भएकाले मानिसहरु महँगो चामल किनेर सस्तो फापर गाईवस्तुलाई खुवाउने गर्छन् ।

अमेरिकन इन्स्िटच्युट अफ क्यान्सर रिसर्च नामक संस्थाले गरेको अनुसन्धानअनुसार तरकारीमा पाइने विभिन्न किसिमका पौष्टिक तत्वभन्दा बढी फापरमा पाइन्छ । फापर उत्तरी युरोपबाट चीन हुँदै एसिया भित्रिएको हो । र, युरोपेली मुलुकका बासिन्दाको भान्छामा फापर पर्याप्त मात्रामा प्रयोग हुन्छ ।

गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरु पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरु आफैं निम्त्याइरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment