Comments Add Comment

बर्दियामा शान्तिपूर्ण मतदान, तीन मन्त्रीले मतदान गरे

२१ मंसिर,बर्दिया । बर्दियामा विहान ७ वजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गौतम क्षेत्र न १ का नेपाली कांग्रेसका प्रतिनिधिसभाका उमेदवार हुन ।

यसै गरी बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गरेका छन् ।

विना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका-२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् ।

भुमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडा न २ मा रहेको ज्ञानोदय प्रँवि सोहरिया मतदान केन्द्र बाट मतदान गरेका छन् ।

विना विभागीय मन्त्री सन्कुतमार थारु र भुमिसुधार मन्त्री गोपाल दहित बर्दिया क्ष्ँेत्र न २ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

बर्दियामा ३२९ मतदान केन्द्र मध्ये ५७ बटा अतिस्रंवेदनशील, ४५ वटा संमेदनशील र ५१ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।

२ हजार ६३२ जना कर्मचारी र करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment