+
+
Shares

सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसन स्थलबाटै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते २०:११

२४ पुस, काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए ।

आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित भएका थिए । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको मात्र दाबी गरेनन्, प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिए

तर, त्यसको केहीबेरमै डा. केसीविरुद्ध अदालतको मानहानीको मुद्दा मात्र परेन, पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश आयो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दियो ।

अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेका डा. केसी ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै जान तयार भए ।

डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।

उनलाई अहिले सिंहदरबार बृत्तमा राखिएको छ । पक्राउ गर्नु पूर्व डा. केसीले प्रहरीले जहाँ लैजान्छ, त्यही अनसन बस्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?