 २५ पुस,विराटनगर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी तोक्ने विषयमा सरकार पछाडि हटेको स्वीकार गरेका छन् ।
२५ पुस,विराटनगर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी तोक्ने विषयमा सरकार पछाडि हटेको स्वीकार गरेका छन् ।
सरकारका प्रबक्ता समेत रहेका मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख तोक्ने भएपनि प्रदेशको राजधानी भने नतोकिने जानकारी दिए ।
विराटनगरमा मंगलबार आयोजना गरिएको शैलजा आर्चाय स्मृति पत्रकारिता पुरस्कार तथा रामप्रसाद मायादेवी पत्रकारिता पुरस्कार वितरण समारो बोल्दै मन्त्री बस्नेतले वाम गठवन्धनले प्रदेशको मुकाम तोक्ने बारेमा सहमति नदिएका कारण सरकार प्रदेश मुकाम तोक्ने विषयमा पछि हटेको बताए ।
उनले भने ‘दलीय सहमतिमा प्रदेश मुकान तोक्न सरकार तयार छ, त्यस विषयमा वाम गठवन्धनको सहमति आवश्य छ ।’
मन्त्री बस्नेतले प्रदेशको मुकाम तोक्ने विषयमा अन्यौल बढ्दै गए समस्या थप जटिल बन्दै जाने दावी समेत गरेका छन् ।
‘प्रदेश मुकाम तोक्ने काम तत्काल सवाधान हुन जरुरी छ,नत्र यो विषय अझ पेचिलो बन्दै जाने देखिन्छ,’ उनले भने,’यसलाई दलीय सहमतिबाट चाडो भन्दा चाडो टुङ्ग्याउनु आवश्यक छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4