Comments Add Comment

प्रवासी नेपाली मञ्च यूकेले मनायो स्थापना दिवस

१० जनवरी, यूके । प्रवासी नेपाली मञ्च यूकेले १३ अाैं स्थापना दिवस मनाएको छ ।

बेलायतको लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्ट ह्यारोमा आइतवार लेवर पार्टीका सांसदसहित पारिवारिक भेटघाट गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसमा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक विकासका लागि बेलायतवासी नेपालीहरुको योगदान गर्ने विश्वास व्यक्त गरे ।

प्रवासमा रहेका नेपालीलाई समेट्दै मुलुक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न मञ्चले भूमिका खेल्ने विश्वास राजदूत डा. सुवेदीको थियो ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले मञ्च पार्टीको संगठनका रुपमा मात्र नभइ सबै नेपालीलाई साथमा लिएर अघि बढिरहेको बताए ।

उनले प्रवासमा बसेर पनि मञ्चले प्रजातान्त्रिक स्थायित्वका लागि आन्दोलन गरेको स्मरण गर्दै मानवअधिकार, प्रजातन्त्र, विकास र समृद्धिका एकाकार भएर काम गर्न आग्रह गरे ।

बेलायतस्थित लेवर पार्टी तर्फबाट सांसद बेरी गार्डिनर, ह्यारो लेवर ग्रुपकी अध्यक्ष तथा मानवअधिकारवादी नेतृ पामेला फिच प्याट्रिरिक, समाजवादी चिन्तक स्टिभ फरेष्टसहित जीएमबी आवद्ध अधिकारकर्मीले सुभकामना दिए ।

उनीहरुले नेपाली समुदायले बेलायती समाजमा पु¥याएको सामाजिक र आर्थिक सहयोगको प्रशंसा गरे ।

गैरआवासी नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्यले गैरआवासी नेपालीलाई दिइने नागरिकतामा राजनैतिक अधिकार पनि थप्नु पर्ने अभियान एनआरएनएले थालेको जानकारी दिए ।

उनले सुरुमै राजनीतिक अधिकार दिन नसकेपनि नेपाल फर्किएको केही वर्षपछि दिने व्यवस्थागर्न संसारभरबाट दवाव सिर्जना गर्ने बताए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङी मगरले पत्रकारहरु समाजसँग हातेमालो गर्दै अघि बढन चाहेको बताए ।

उनले समाज विकासका लागि गरिने कार्यमा विना सर्त सहयोग रहने उल्लेख गरे ।

गेसोका अध्यक्ष कृष्णकुमार राईले गोर्खा आन्दोलनमा पक्षमा अव बन्ने बाम सरकारले ठोस पहल कदमी लिने आसा व्यक्त गरे ।

उनले राजनीतिक अधिकारसहितका नागरिकता उपलव्ध गराउन नेपाल सरकारलाई दवाव दिनुपर्ने बताए ।

जनसम्पर्क समिति यूकेका प्रतिनिधि विश्वआदर्श पण्डितले राजनीतिक अधिकारसहितको नागरिकताका लागि बेलायतबाट दवाव सिर्जना गर्नुपर्ने सुझाब दिए ।

जनप्रगतिशील समाज तथा माओवादी पूर्वकेन्द्रीय सदस्य पूर्ण लक्समले एमाले र माओवादी एकताका लागि बेलायतस्थित वाम निकटले दवाव दिन आग्रह गरे ।

स्थापना दिवसका कार्यक्रम संयोजक रामजी बरालले मंचले गरेका कार्यक्रमका जानकारी दिदै उपस्थितिलाई स्वागत गरेका थिए ।

प्रवासी नेपाली मञ्च नर्थ वेष्टका अध्यक्ष अर्जुन चापागाईले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र बेलायतका लागि नेपाली राजदुत डा. दुर्गावहादुर सुवेदीले संयुक्त रुपमा पासनमा बत्तिबालि कार्यक्रममा उद्घाटन गरेका थिए ।

कार्यक्रमका अन्त्यमा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पुडासैनी र संस्थापक अध्यक्ष अलकल जंग लामाले संयुक्त रुपमा उपस्थित शुभचिन्तक माझ केक काटेर १३ औं स्थापना दिवसको खुशी साटासाट गरेका थिए ।

यसअघि दोस्रो चरणको सांगीतिक कार्यक्रममा विभिन्न नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।

गायक सुरज वैद्य र सुनिल लिम्बुले गायन प्रस्तुत गरेका थिए । विनु लामिछाने घिमिरे, सुस्मिता थापालगायतले नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment