+
+
Shares

बैतडीमा छोरी जन्मिए एक हजार भत्ता

रासस रासस
२०७४ पुष २६ गते १२:५१

२६ पुस, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सरु गरेको छ ।

नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ‘हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ,’ उनले भनिन्, ‘यसबाट छोराछोरीबीचको विभेद अन्त्य हुनेमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुलले बताइन् । श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिँदा थप एक हजार मिल्यो,’ उनले भनिन्, ‘पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।’

छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रेमबहादुर चन्द बए ।’गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा हुँदैन,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको विकासका लागि दोगडाकेदार गाउँपालिकाले गरेको यो कार्य निकै सराहनीय छ ।’

छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

गर्भावस्थामै छोरी भए गर्भ फाल्ने तथा भ्रुणहत्यामा कमी ल्याउनका लागि गत भदौबाट प्रोत्साहन दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । ‘महिलालाई हेर्ने दुष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो,’ उनले भने–’छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यसको परिवर्तन गर्न आवश्यक छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?