+
+

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते ११:०४


१२ माघ, लहान । सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय युवक लाले पासवान रहेका छन् । पासवानलाई म्याद थपसमेत गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बालिका माघ ९ गते सरस्वती पूजाको दिन राति स्कुलबाट घर फर्किने क्रममा नजिकै रहेको रहर बारीमा लगेर बालात्कार गरेको पीडित पक्षको दावी छ । पीडितको जाहेरीको अधारमा प्रहरीले पासवानलाई प्रहरी पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?