+
+

प्रदेश २ को प्रदेशसभा बैठकस्थलको धमाधम तयारी (फोटो फिचर)

बिक्रम राैनियार बिक्रम राैनियार
२०७४ माघ १४ गते १८:३३

१४ माघ, जनकपुर । जनकपुरस्थित शैक्षिक तालिम केन्द्र भवनमा प्रदेश २ को प्रदेशसभा पहिलो बैठकको तयारी हुँदैछ ।

माघ २१ गते बस्ने पहिलो बैठकका लागि हलको तयारीका लागि कामदारहरु व्यस्त छन् ।

जनकपुर उपमहानगरपालिकाको कुवास्थित उक्त भवनको रंगरोगन, फर्निचर ब्यवस्थापन, मर्मतसम्भार, सरसफाइ धमाधम हुँदैछ । यो कामका लागि कामदारहरु विहानैदेखि खटिन्छन् । शैक्षिक तालिम केन्ऽलाई नयाँ बेहुली झैं सिंगारिएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका अनुसार प्रदेशसभा बैठकको तिब्र तयारी गरिएको छ ।

शैक्षिक तालिम केन्द्रको सभाकक्ष मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापनको काम भइरहेको डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए । प्रदेश प्रमुख, मुख्यमन्त्रीको आवासको तयारी पनि भइरहेको उनले जानकारी दिए ।

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?