+
+
Shares

‘ज्यानमार्ने धम्की’बारे प्रधानन्यायाधीशमाथि अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते १६:०९

१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् ।

प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् ।

लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘यो ठूलो केस भएकाले सुरक्षा थेट हो कि होइन, परिसरलाई पठाएको छु ।’

अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।

प्रजिअले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ । साथै छानविनका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाइएको एसपी रविन्द्र धानुकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?