Comments Add Comment

प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक

१८ माघ, हेटौंडा । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक बस्नुअघि सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद डोरमणि पौडेलले विहीबार बिहान हेटौडामा सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेश ३ को संसदमा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी, नेमकिपा, राप्रपा, नयाँशक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेताहरुलाई संसद बैठकको गृहकार्यका क्रममा सर्वदलीय बैठकमा बोलाइएको हो ।

साथै प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुले आ-आफ्ना आन्तरिक बैठकहरु पनि गरिरहेका छन् । माओवादीले प्रदेश संयोजकमा सालिकराम जमरकटेललाई जिम्मेवारी दिएको छ । साथै दलको नेता कसलाई बनाउने भन्नेबारे विहीबार बिहान हेटौडामा माओवादीबाट निर्वाचित प्रदेशसभाका सदस्यहरुको बैठक बसेको छ ।

त्यसैगरी एमाले र कांग्रेस लगायतका दलहरु पनि आन्तरिक छलफलमा जुटिरहेका छन् । बैठकमा सबै दलका प्रतिनिधिले प्रदेशसभालाई सम्वोधन गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठकका लागि कुर्सी र कार्पेटको व्यवस्था भइरहेको छ । सभामुखको आसन अगाडि दायाँतिर सबैभन्दा ठूलो दल एमालेका ५८ सांसदहरुका लागि कुर्सीको प्रवन्ध गरिएको छ । अन्य दलहरुलाई पनि बेग्लाबेग्लै कुर्सीको प्रबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment