Comments Add Comment

दरबारमार्ग प्रकरणमा प्रहरीको निष्कर्षः सामूहिक बलात्कार नै हो

तीन प्रहरीमाथि फौजदारी मुद्दा चल्न सक्ने

२५ माघ, काठमाडौं । प्रहरीले दरबारमार्गको ल्याण्डमार्क होटलमा पीडित युवतीको सामूहिक बलात्कार भएको निष्कर्ष निकालेको छ । साथै बलात्कारको घटना मिलापत्र गरेर लुकाउन प्रहरीले भूमिका खेलेको पनि पुष्टि भएको छ ।

प्रहरीकै संलग्नतामा घटना लुकाएको खबर सार्वजनिक भएपछि काठमाडौं प्रहरी परिसरले एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानविन समितिले बिहीबार बुझाएको प्रतिवेदनमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको छ । अहिलेसम्म शैलेश कार्कीसहित विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल संलग्न देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘यो बलात्कार हो भनेर हामीले मुद्दा चलाउन उठाएका छौं’ एसपी जोशीले अनलाइनखबरसँग भने ।

७ माघको रात होडलमा ‘प्रेमी’ शैलेशसँग होटलमा पुगेकी २१ वर्षीया युवती सामूहिक बलात्कारमा परेकी थिइन् । उनले भोलिपल्ट विहान दरबारमार्ग वृत्तमा पुगेर सामूहिक बलात्कारको मौखिक उजुरी दिएकी थिइन् ।

तर, दरबारमार्ग प्रहरीकै संलग्नतामा आर्थिक लेनदेनमा मिलापत्र गरिएको थियो, जसमा आफूहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएको र होटलमा छाडेर गएको रिसमा मात्र सामूहिक बलात्कार भएको भन्दै उजुरी गरेको उल्लेख छ ।

सुरुमा प्रहरीसँग सम्पर्कबिहीन भएकी पीडित युवती केही दिनमा सम्पर्कमा त आइन् तर, सहमतिपत्रमा उल्लेख भए जस्तै आफू बलात्कार नभएको बयान दिएकी थिइन् । यसले घटना सामूहिक बलात्कार भए नभएको प्रश्न उठेको थियो ।

तर, प्रहरी छानबिनले पीडित युवती समूहिक बलात्कारको शिकार भएको देखाएको छ ।

छानबिनका क्रममा पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मिलापत्र गरेको देखिएको छ । पीडित युवतीको आमाको खातामा २७ लाख देखिएको छ ।

प्रहरी पनि दोषी

छानविन समितिले बलात्कारको घटनामा मिलापत्र गराउन दरबारमार्ग बृत्तको भूमिका खेलेको ठहर गरेको छ । आर्थिक प्रलोभनमा परेको केकति लिएको खुलेको छैन ।

परिसरका प्रवक्ता समेत रहेका जोशीले भने, ‘बलात्कारको मुद्धामा मिलापत्र गर्नु नै गैरव्यवसाीयक हो । योे घटनामा प्रहरी आफ्नो जिम्मेवारीबाट च्यूत भएको पाइएको छ ।’

छानविन टोलीले प्रहरी नायव उपरीक्षक तिलक भारतीलाई दरबारमार्ग वृत्त प्रमुखबाट हटाएको छ भने प्रहरी निरीक्षक लक्षण सिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी हैदसम्मको कारबाही गर्न सिफारिस गरेको छ ।

थप अनुसन्धानका क्रममा आर्थिक लेनदेन पुष्टि भए फौजदारी मुद्दा चलाउन पनि सिफारिस गरेको छ ।

यो पनि पढ्नुस् 

दरबारमार्ग काण्डः ‘ब्वाइफ्रेण्ड’कै सहयोगमा बलात्कार ?

पीडित युवतीको मेडिकल रिपोर्टः बलात्कार भएको ‘प्रमाण’ देखिएन

दरबारमार्ग बलात्कार प्रकरण : महानगरीय प्रहरीले पनि बनायो छानबिन समिति

दरबारमार्ग बलात्कार प्रकरण : इन्स्पेक्टर थुनामा, युवती ‘फरार’

दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ मोडः पीडित युवतीले फेरिन् बयान

दरबारमार्ग बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

प्रहरी वृत दरबारमार्गका इन्स्पेक्टर ठकुरीलाई निलम्बन गर्न सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment