Comments Add Comment

सरकारी अनुदानमा १ लाख भूकम्पपीडितले मात्रै बनाए नयाँ घर

३ लाख ३२ हजारले घर बनाउँदै  

फाइल फोटो

१४ फागुन, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लामा सरकारी अनुदान लिएर १ लाख घर निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारी अनुदान लिएर १ लाख २ सय ३६  घर निर्माण भएको हो ।

१४ जिल्लामा ६ लाख ६७ हजार ६ सय ६२ घर भूकम्प पीडितले अनुदान पाउने भए पनि अहिलेसम्म अनुदान लिएर १ लाखले  मात्र घर बनाएका प्राधिकरणले जानकारी दिएको छ ।

अनुदान लिएर सबैभन्दा धेरै धादिङ र दोलखामा घर निर्माण भएका छन् । धादिङमा १८ हजार ९४० घर र दोलखामा १८ हजार १ सय ७ घर बनेका छन् ।

प्राधिकरणका अनुसार अहिले ३ लाख ३२ हजार ३ सय २१ घर निर्माणको चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

१४ जिल्लामा ६ लाख १० हजार लाभग्राहीले अनुदान सम्झौता गरे पनि १ लाखले घर निर्माण गरेका छन् भने ३ लाख ३२ हजारले मात्र घर निर्माण सुरु गरेका छन् । अनुदान सम्झौता गरेका बाँकी लाभग्राहीले भने घर निर्माण सुरु नै गरेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही घर निर्माणको प्रक्रियामा रहेको प्राधिकरणको दाबी छ ।

यही अनुपातमा पुनर्निर्माण अघि बढे आउँदो वर्षायामअघि ६० प्रतिशत घर पुनर्निर्माण भइसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले दाबी गरे । ‘आउँदो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा हामी विश्वस्त छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment