Comments Add Comment

‘ब्लाइन्ड रक्स’बाट बेनिशाले पाइन् तारिफ, व्यापार कस्तो रह्यो ?


नायिका बेनिशा हमालका लागि चलचित्र क्षेत्र अपेक्षित बनिरहेको छैन । पछिल्ला केहि चलचित्रले उनको अभिनयलाई निखारेका भने छन् । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उनले निकै तारिफ पाइन् । यो चलचित्रमा उनले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिकामा काम गरेकी छिन् । चलचित्रमा उनले गरेको अभिनयलाई समिक्षकले उत्कृष्ट भनेका छन् । हुनत, यसअगाडि रिलिज भएको चलचित्र ‘झ्यानाकुटी’बाट पनि उनको तारिफ भएको थियो ।

बेनिशाको तारिफ हुँदै गर्दा चलचित्रको व्यापार भने सामान्य रह्यो । चलचित्रका निर्माता निकेश लिम्बुले सोचेजस्तो व्यापार चलचित्रले नगरेको संचारकर्मीसँग बताएका छन् ।

चलचित्रले अपेक्षा गरेअनुसारको व्यापार नेपालबाट नगरेपनि विदेशबाट नै आफूले लगानी उठाउने निकेशको भनाई छ । चलचित्रले अपेक्षित व्यापार नगरेपनि यो चलचित्रबाट नायिका हमाललाई फाइदा हुने पक्का छ । अब, उनलाई गहन भूमिकामा अफर आउने देखिएको छ । वेनिशा पनि लगातार २ चलचित्रमा आफूले गरेको मिहिनेतबाट पाएको प्रतिक्रियाले उत्साहित छिन् ।

मिलन चाम्स निर्देशित चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment