Comments Add Comment

अष्ट्रेलियामा विन्दास बेनिशा


नायिका बेनिशा हमाल चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा लजालु थिइन् । तर, अहिले उनी चलचित्र क्षेत्रमा भिज्दै गर्दा विन्दास र बोल्ड देखिन थालेकी छिन् । नायिका हमालले अभिनय गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’ केहि हप्ता अगाडि रिलिज भयो । चलचित्र असफल भएपनि वेनिशाको कामको भने तारिफ भयो ।

उनै, वेनिशा अहिले अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा आयोजना भएको नाटक महोत्सवमा सहभागी हुन पुगेकी उनी बोल्ड समेत देखिएकी छिन् । समुन्द्री किनारादेखि अष्ट्रेलियाका रमणिय स्थानमा वेनिशाको बोल्ड अवतार झल्किएको छ ।

चलचित्रमा उनको अहिले अभिनयको तारिफ हुन थालेको छ । यसैले उनी पनि दंग छिन् । तर, उनलाई अझै बक्स अफिसमा हिट चलचित्रको खाँचो भने छ ।

तस्बिरः बेनिशाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment