+
+
Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते ११:४८

५ चैत्र, कैलाली । कैलालीको गोदावरी नगरपालिकाका-८ खुटियापुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोटरसाइकलमा चौधरी एक्लै रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार राति साढे ८ बजेतिर पूर्बबाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाइल खुटियापुल नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा गोदावरी नगरपालिकाका-८ स्याउले बजारका अन्धाजी २८ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।

चौधरी सवार से६प ४७२१ को मोटरसाइकल सडक किनारमा थुपारेको ढुंगामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

चौधरीको शवलाई पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?