+
+

गणेश लामाको साथबाट बरामद भएको पेस्तोलबाटै गौशालामा गोली चलेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १८ गते १५:५२
लामाको साथबाट बरामद भएको पेस्तोल र गोली ।

१८ चैत, काठमाडौं । दुई साताअघि पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ ।

पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पुष्टि गरे ।

यसअघि नै खोका र लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै भएको अनुसन्धान अधिकारीले बताएका थिए । अाइतबार विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट अाएपछि सो कुरा पुष्टि भएको छ ।

गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चले लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

लामाले भने त्यो हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

लामाले प्रारम्भिक बयानदेखि नै आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गर्दै आएका छन् ।

लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

यो पनि पढ्नुस् 

गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

प्रहरी अनुसन्धानमा गुण्डा नाइके लामाको असहयोग

गणेश लामाको बयान सकियो, थप १० दिन थुनामा राख्न अनुमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?