२० चैत, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रदेश २ मा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै उनले सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले जनकपुरमा आयोजना गरेको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री राउतले भने ‘वातावरण बनाउने काम प्रदेश सरकार हो , छिटोभन्दा छिटो लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध छु ।’
उनले प्रदेश २ को विकासका लागि आफूले तयार पारेको १०० दिने कार्ययोजनामा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे । सबैको प्रयासबाट प्रदेशमा समृद्धि आउने भन्दै उनले निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्ने वातावरण सरकारले निर्माण गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4