Comments Add Comment

पौडेलको प्रश्न : पार्टी सुधार गर्ने बेला भएन सभापतिज्यू ?

३० चैत, काभ्रे। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसलाई सुधार गर्न जरुरी रहेको बताएका छन् । काभ्रेको बनेपामा भएको कार्यक्रममा पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको आरोप लगाए ।

‘चुनावमा हार व्यहोरियो, बैठक भरी राम्राराम्रा कुरा आउँछन् पछि उनी ताल’ पौडेलले भने, पार्टी सुधार गर्ने बेला अझै भएन सभापतिज्यू ? अब तमासा देखाउने मात्रै हो की पार्टी पनि बनाउने ?’

पौडेलले सरकारको पनि आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले विकेन्दि्रकृत अधिकार आˆनो मातहतमा ल्याउन खोज्नुले शंका उब्जिएको बताए । उनले वर्तमान सरकारले प्रजातन्त्र दिवस लगायतको विदा कटौती गरेर गम्भीर भुल गरेको आरोप समेत लगाएका छन् ।

कांग्रेस नेता पौडेलले बढ्दो भष्ट्राचार, दण्डहिनताका लागि काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment