Comments Add Comment

अब चन्द्रमामा फल्नेछ आलु, फूल्नेछ फूल

यदि चीनले बनाएको योजना सफल भएमा अब छिटै चन्द्रमाको जमिनमा आलु फल्नेछ र फूल फुलेको देख्न पाइनेछ । चीनको एक विश्वविद्यालयका वैज्ञानिकहरुले अहिले यो प्रयासमा जुटिरहेका छन् ।

समाचार अनुसार चीनले सन् २०१८ मा चन्द्रमामा आफ्नो पहिलो जैविक अन’सन्धानको रुपमा चांग इ फोर लुनार यानको माध्यमबाट चन्द्रमामा आलू, एक प्रकारको फूलको विजय तथा रेशम किराको अण्डा पठाउने योजना बनाइरहेको छ ।

उक्त अनुसन्धानको माध्यमबाट चन्द्रमाको वातावरणा नयाँ सम्भावनाको खोजी गर्नु हो । आलु, रेशम किराको अण्डा र अरबिडोफिसिस जातको फूलको बिउबाट यसको सुरुवात ह’नेछ ।

दक्षिण पश्चिमी चीनको चांगकिंग विश्वविद्यालयको नेतृत्वमा चीनका २८ वटा विश्वविद्यालय मिलेर यो योजना अघि बढाएका हुन् । लुनार मिनी बायोस्फेर नामक उक्त योजनामा नेदरल्याण्ड, स्विडेन, जर्मनी र साउदी अरबका वैज्ञानिक यन्त्रहरुलाई पनि एउटै यानमा राखेर चन्द्रमामा पठाइनेछ ।

चीनको योजना एक बेलनाकार डिब्बामा फूल, आलु र अन्य चीज पठाउने छ । उक्त आल्म’नियमको बाकस करीब १८ सेमी लामो हुनुका साथै यसको गोलाई १६ सेन्टिमिटर रहेको छ ।

उक्त बेलनाकार डिब्बामा पानी, बोटविरुवाका लागि आवश्यक पोषक पदार्थ, अक्सिजन, एउटा सनो क्यामरा तथा डाटा ट्रान्समिसन सिस्टम पनि ह’नेछ । चन्द्रमामा आलु फल्ने तथा बिउ उम्रिएर फूल पनि फुल्ने विश्वास वैज्ञानिकहरुको छ । चन्द्रमामा ह’ने ती सबै जैविक प्रक्रियाका तस्वीरहरु पृथ्वीमा प्राप्त हुनेछन् ।

स्मरण रहोस् अन्तरीक्षमा यसअघि नै विरुवा उमारिसकिएको छ । चन्द्रमामा विरुवा उमार्ने काम चाहीँ यो नै पहिलोपटक ह’नेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment