Comments Add Comment

जब मनोज मारिए, राजनीतिको आडमा भइरहेको अपराधकर्मको पोल खुल्यो

७ वैशाख, बुटवल । पैसा र पावरको भोकलाई मानिसलाई कहाँसम्म पुर्‍याउन सक्छ भन्ने लेखनाथ न्यौपाने र सुजु मल्ललाई हेरे पुग्छ । न्यौपाने माओवादी र पुन युवा संघको केन्द्रीय सदस्य थिए ।

तर, उनीहरुलाई आफ्नो जे छ, त्यसले पुगेन । जे छ, त्यसमा असन्तुष्ट भएन भने प्रगति हुन्न भनिन्छ, त्यसैले उनीहरुले असन्तुष्टि जाजय नै होला । तर, जुन बाटो रोजे, त्यसले उनीहरुलाई प्रहरी हिरासतमा त पुर्‍यायो नै, राजनीतिमा नाममा भइरहेको अपराधलाई पनि उजागर गरेको छ ।

अब राजनीतिक दल र तीनका शीर्ष नेताहरुले आफैंतिर फर्किएर हेनुपर्छ कि राजनीतिक आडमा अपराध धन्दा चलाइरहेका थुप्रै ‘लेखनाथ’ र ‘सुजु’ अरु पनि मेरो दलमा अरु पनि त छैनन् ?

जब उनी प्रहरी इन्काउन्टरमा मारिए, झन् डरलाग्दा तथ्यहरु बाहिर आएको छ । ‘हत्यारा मनोजलाई कारबाही गर्नुपर्छ’ भन्दै सडकमा नारा लगाउनेदेखि प्रहरी प्रशासनको टेबल ठोक्नेहरु नै उनका सहयोगी रहेछन्

जब मनोज मारिए, धेरेको पोल खुल्यो

बाईसीएल र युवा संघका ‘बाइप्रोडक्ट’ मनोज पुन पछिल्लो केही वर्षदेखि बुटवल आसपासका क्षेत्रमा अपराधको साम्राज्य चलाइरहेका थिए । उनले आफ्ना पूर्वसहकर्मी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र व्यवसायी एवं युवा संघकै नेता बलु पौडेलको हत्या गराए ।

थुप्रैलाई धम्की दिएर करोडौं असुले । भारत लगायतका ठाउँमा लुक्दै नेपालमा अपराध धन्दा चलाइरहेका उनी प्रहरीका लागि टाउको दुखाइ बनेका थिए ।

तर, जब उनी प्रहरी इन्काउन्टरमा मारिए, झन् डरलाग्दा तथ्यहरु बाहिर आएको छ । ‘हत्यारा मनोजलाई कारबाही गर्नुपर्छ’ भन्दै सडकमा नारा लगाउनेदेखि प्रहरी प्रशासनको टेबल ठोक्नेहरु नै उनका सहयोगी रहेछन् ।

जबकी उनीहरु प्रहरी प्रशासन मात्र होइन, आम सार्वसाधारणको नजरमा समेत ‘नेता’ थिए ।

हो, रुपन्देही प्रहरीको पछिल्लो एउटा सफल अपरेशनले यही पुष्टि गर्छ । मनोज पुनको मुख्य सहयोगीहरुमा माओवादी केन्द्रीय सदस्य लेखनाथ, युवा संघका नेता सुजुसहित ६ जना रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

सुजु र मनोजबीच भएको टेलिफोन संवाद समेत प्रहरीले भेट्टाएको छ । जहाँ उनले मनोजलाई भनेका छन्, ‘दाई, दिउँसो अरुका अगाडि फोन गरेर मलाई नै धम्काउनुस्, बेलुका त हासेरै इमोमा बोलौंला नि ।’

सुजुः दिउँसो पुनविरुद्ध आन्दोलन, राति बार्गेनिङ !

रुपन्देहीमा भएका दुई ठूला हत्याकाण्डपछि भएको आन्दोलनको अग्रभागमा उभिएर सुजु पुनको विरुद्धमा चर्को नारावाजी गर्थें । त्यति मात्र होइन, आन्दोलन रोक्न प्रहरीले बोलाउने गरेको वार्तामा समेत उनी सहभागी हुन्थे ।

तर, रात परेपछि उनले दिनभरि सङ्कलन गरेको सूचना पुनलाई दिने गरेको खुलेको रुपन्देही प्रहरीले जनाएको छ । उनले पुनलाई सूचना जस्ताको तस्तै रेकर्ड गरेर समेत पठाउने गरेको भेटिएको प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवाली बताउँछन् ।

उनका अनुसार प्रहरीले उनले पठाएको अडियो रेकर्ड समेत फेला पारेको छ । सुजु र मनोजबीच भएको टेलिफोन संवाद समेत प्रहरीले भेट्टाएको छ । जहाँ उनले मनोजलाई भनेका छन्, ‘दाई, दिउँसो अरुका अगाडि फोन गरेर मलाई नै धम्काउनुस्, बेलुका त हासेरै इमोमा बोलौंला नि ।’

आफूमाथि कसैले शङ्का गर्न नसकोस् भनेर बुटवलबाट मनोजको खातामा पैसा ट्रान्सफर गर्ने गरेको देखिएको छ । त्यसरी पठाइएको रकम मनोजले पछि हुन्डी वा अन्य विभिन्न माध्यमबाट फिर्ता पठाउने गरेको खुलेको छ ।

सूचना दिएवापत उनले पुनबाट कमिसन लिने गरेको प्रहरीको भनाइ छ । ‘राति उनीहरुबीच ईमो र भाइबरमा कमिसन बारे कुराकानी हुने गरेको देखिएको छ’, रुपन्देही प्रहरीका एक अधिकारीले भने ।

लेखनाथः मनोज–जोगिन्दरसँग सिधै सम्वाद

पक्राउ परेका माओवादी नेता लेखनाथबारे जानुअघि भाररतीय अपराधी बिट्टु भनिने जागिन्दर सिंहलाई चिन्न जरुरी छ । उनी मनोजलाई भारतलाई सेल्टर दिनेदेखि अपराध कर्ममा ठूलो सहयोग गर्ने व्यक्ति हुन् । नेपालको नक्कली नागरिकता लिएका उनी अझै फरार छन् ।

सिंह निश्चित रकम लिएर नेपालमा हतियार बिक्रीदेखि लिएर नेपालमार्फत रसियन युवती तस्करीमा समेत संलग्न थिए ।

जोगिन्दर मुम्बई अन्डरवल्र्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिमको डी–कम्पनी त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

हो, यिनै जोगिन्दर र मनोजसँग सम्वाद गर्ने र अपराध कर्मको योजना बनाउन सघाउने भूमिकामा थिए, लेखनाथ । न्यौपाने र जोगिन्दरबीच ‘डाइरेक्ट’ सम्पर्क रहेको प्रहरीले हालै सार्वजनिक गरेको हो ।

युवती तस्करीमा जोगिन्दरलाई सहयोग पुर्‍याउने नेपालीको गिरोह नै भएको प्रहरीको अनुमान छ । जोगिन्दरसँग निरन्तर सम्पर्कमा न्यौपाने समेत रहेकाले युवती तस्करीमा समेत उनले साथ दिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसतर्फ पनि अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ

युवती तस्करीमा पनि नेताको हात ?

गत ११ चैतमा नेपाली बाटो हुँदै भारतमा रसियन युवती तस्करी गर्न लागेको आरोपमा प्रहरीले रुपन्देहीको बेलहियाका बब्बु मियाँलाई पक्राउ गर्‍यो । दुई रसियन युवतीलाई पनि उद्दार गरियो ।

तर, पक्राउ परेका मियाँ युवती तस्करी गर्ने नेपाली एजेन्ट मात्रै थिए । मुख्य नाइके भने तिनै भारतीय डन जोगिन्दर रहेको प्रहरी स्रोतको भनाइ छ । जोसँग निरन्तर सम्पर्कमा थिए, माओवादी नेता न्यौपाने ।

उनीहरुले दुबई, मलेसिया, बैंकक लगायतका देशबाट पनि विदेशी युवतीलाई नेपाल ल्याएर नेपाली खुला सीमाको फाइदा उठाउँदै भारत प्रवेश गराएका थिए ।

त्यसरी युवती तस्करीमा जोगिन्दरलाई सहयोग पुर्‍याउने नेपालीको गिरोह नै भएको प्रहरीको अनुमान छ । जोगिन्दरसँग निरन्तर सम्पर्कमा न्यौपाने समेत रहेकाले युवती तस्करीमा समेत उनले साथ दिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसतर्फ पनि अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ परेकामध्ये बुुटवल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ मदिरा व्यवसायी हुन । देवदह नगरपालिका–५ का तुलसी न्यौपाने र र देवदह–६ का रोशन खड्कालाइृ पनि प्रहरीले पक्राउ गरेको छ । अधिकांश पुनलाई सुराकी दिने कार्यमा संलग्न भएको प्रहरीको भनाइ छ ।

सबाहेक मनोजको प्रचार र फिरौती रकम उठाउने टोली छुट्टै रहेको आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो पनि पढ्नुस् 

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

गुण्डा नाइके मनोज पुनको भारतीय अन्डरवर्ल्डसँग ‘कनेक्सन’

मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment