Comments Add Comment

पेटका लागि एउटै काइदा, ल्वाङपानी पिउँदा हुन्छ फाइदा

ल्वाङलाई हामीकहाँ मसला, माउथ फ्रेसनर तथा औषधिका रूपमा प्रयोग गरिन्छ । यसको उपयोग गरिने भाग ल्वाङको बोटमा फुल्ने फूल हो जसलाई सुकाएर उपयोगमा ल्याइन्छ । आयुर्वेदका अनुसार ल्वाङ घाँटी, फोक्सो, दाँत तथा यौन समस्यामा लाभदायक हुन्छ ।

उल्टी, पेटसम्बन्धी समस्या, पार्किन्सन, शरीरको दुखाइजस्ता समस्यामा ल्वाङको प्रयोगले आराम दिन्छ । आधुनिक समयमा चिन्ता, तनाव तथा थकानका कारण युवाहरूको यौन जीवन प्रभावित भइरहेको छ । यसबाट थुप्रै किसिमका समस्या उत्पन्न हुने गर्छन् । यस्ता समस्यामा ल्वाङपानीको प्रयोगले नसोचेको फाइदा दिनसक्छ ।

ल्वाङपानी बनाउन निकै सजिलो छ । एक गिलास तातो पानीमा पाँचवटा ल्वाङ हालेर रातभरि राखिदिँदा ल्वाङपानी तयार हुन्छ ।

बिहान उठेर सजिलोसँग बसी यो पानी पिउन सकिन्छ ।
यसबाट कुनै साइड इफेक्ट हुँदैन तसर्थ यसलाई नियमित सेवन गर्न सकिन्छ ।

यसका फाइदा के के छन् त ?

-ल्वाङपानीले तनाव हटाउँछ । यसकारण यो तनाव एवं निद्रासम्बन्धी समस्यामा लाभदायक हुन्छ ।

-यसले नसालाई शान्त राख्छ त्यसैले पार्किन्सन तथा शरीर काम्ने रोगमा निकै असरकारी हुन्छ ।

-पाचन क्रिया राम्रो बनाउँछ । त्यसकारण यो उल्टी आउने, मर्निङ सिकनेस तथा मोसन सिकनेसमा फाइदाजनक हुन्छ ।

-यसको नियमित सेवनले शिघ्रतपनको समस्या ठीक हुन्छ ।

-घाँटीसम्बन्धी समस्याका लागि यसले रामवाणको काम गर्छ ।

-ल्वाङले दाँतको दुखाइ हटाउँछ । यसले मुखबाट दुर्गन्ध आउने समस्या समेत ठीक पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment