Comments Add Comment

कर्मचारी समायोजनका लागि मुख्यमन्त्रीले दिए ६ महिने अल्टिमेटम

१५ वैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारी समायोजनका लागि केन्द्र सरकारलाई ६ महिने अल्टिमेटम दिएका छन् । यो अवधिमा केन्द्रबाट कर्मचारी नआए प्रादेशिक लोकसेवा गठन गरेर आफैं भर्ती गर्ने उनले बताए ।

स्थानीय तहमा स्वास्थ्यसम्वन्धी २ दिन अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री पोखरेलले कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जाँदैन भन्नु गलत भएको बताए ।

उनले अघि भने, जेठ १५ पश्चात छ महिनासम्म हामी पर्खन्छौं । त्यतिन्जेलसम्म पनि समायोजन भएन भने प्रदेशले आफ्नो प्रादेशिक लोक सेवा आयोग गठन गर्छ र आफूलाई चाहिने जनशक्ति आफैं भर्तिगर्छ ।’

अघि भने, त्यसपछि केन्द्रबाट आउनेलाई हामी स्वीकार गर्दैन । कति समय पर्दन ? यो सम्भव छैन ।’

छ महिनासम्म समायोजन भएर आएका कर्मचारीलार्इ भने साथमा लिएर अघि बढ्ने मुख्यमन्त्री पोखरेलले बताए ।

संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्नु भनेको कर्मचारीलाई मानसिक रोगी बनाउनु भएको उनले बताए । ‘केन्द्रमा काम केही छैन, काम नभएपछि कर्मचारी मानसिक रोगी हुन्छन्’ उनले सुनाए ।

मुख्यमन्त्री पोखरेलले पहिलेको तुलनामा स्वास्थ्यक्षेत्र केहि परिर्वतन भएपनि समय अनुसार परिर्वतन नभएको बताए ।

प्रदेशमा रहेका क्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालले सेवा विशिष्टिकरण गर्दै खर्चमात्र होइन, आम्दानी गर्ने र आत्मनिर्भर हुने गरी काम गर्नुपर्नै उनले बताए । लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउन सके यो क्षेत्रका जनता वीर अस्पताल र अन्य महंगो अस्पताल जानुनपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश नं ५ का सामाजिक मन्त्री सुर्दशन बरालले स्थानिय तहका जनप्रतिनिधिहरुले सेवा भन्दापनि पूर्वाधारलाई बढी प्राथामिकता दिएको कारण समस्या देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment