Comments Add Comment

अार्इपीएल खेलमा बाजी लगाएर अनलाइन जुवा खेल्ने दुई जना समातिए

१९ वैशाख, काठमाडौं । प्रहरीले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलको बाजी लगाएर अनलाइन जुवा खेलेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पिपरास्टेशन थाना घर भइ हाल जमल बस्दै आएका ४२ वर्षीय मुकेश जैसवाल र मोतिहारीको ढाकास्टेशन घर भइ हाल काठमाडौंको टंकेश्वर बस्दै आएका २१ वर्षीय सञ्जिव कुमार जैसवाल छन् ।

काठमाडौंको खिचापोखरी क्षेत्रमा अनलाइन जुवा हुने गरेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाको विशेष टोलीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरु अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न भएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट १ लाख ४० हजार रुपैयाँ ५ सय नगदसहित जुवाका हिसाब राखेको नोट बुक समेत प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान भइरहेको परिसरका डिएसपी मोहन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment