Comments Add Comment

पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ ।

जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमालेले भोलि नै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्र पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment