+
+

यस्ता अभिभावकको कारण बच्चामा पर्नसक्छ गंभिर असर

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ५ गते ६:५६

हिजोआज धेरैजसो आमाबुबा कामकाजी छन् । उनीहरु व्यस्त छन् । यति व्यस्त कि, आफ्नो बच्चाका लागि पनि समय छैन ।

समय अभावकै कारण आजकल प्रायः सबै अभिभावकहरूले  बालबालिकालाई ‘डे केयर’ वा बेलुकासम्मै खुल्ने स्कुलमा पठाउने गर्छन् । घरमा कोही नहुँदा बालबालिकालाई डे केयर वा स्कुलमा ढिलासम्म राख्नु त सामान्य नै हो । तर यसले शारीरीक तथा मानसिक विकासमा पर्न सक्ने असरलाई लिएर भने मनोचिकित्सक तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विज्ञहरूले चिन्ता जनाउन थालेका छन् ।

चाइल्ड हेल्थ नर्सिङ्गमा विगत लामो समय देखि काम गर्दै आएकी नर्स सुरक्षा सुवेदीकै शब्दमा भन्ने हो भने, बालबालिकालाई लामो समय बाहिरी वातावरणमा राख्दा यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा त असर पर्छ नै । बालबालिकाको मोविज्ञानमा समेत असर पर्न सक्छ ।

शारीरिक तथा मानसिक असर

विशेषगरी कार्य व्यस्तताका कारण बालबालिकालाई समय दिन नसक्दा अभिभावक र बालबालिकाबीच दूरी बढ्नुका साथै बालबालिकामा रोगको संक्रमण हुने खतरा समेत बढ््ने गर्छ । त्यसैगरी समय अभावका कारण बालबालिकाहरूलाई राम्रो खाजा हाल्न नभ्याउँदा कैयौ अभिभावकहरूले आˆनो बालबालिकालाई स्कुलको खाजामा चिजबल, चाउचाउ, विस्कुट लगायतका अखाद्यकर तथा जंकफुड हालिदिने गर्छन् । यस्ता तत्वको सेवनले बालबालिकाको शरीर कमजोर हुनुका साथै उनीहरू मानसिक रूपमा समेत कमजोर हुने गर्छन् ।

मनोवैज्ञानिक असर

व्यस्त जीवनशैली तथा अभिभावकको कार्य व्यस्तताका कारण कयौ बालबालिकाहरूले आफूलाई मनमा लागेको कुरा समेत अभिभावकसित भन्न सक्दैनन् । परिणामस्वरूप, उनीहरूमा मनोवैज्ञानिक असर त हुन्छ नै । साथै, उनीहरूले आफूलाई लागेको कुरा वा आफूलाई भएको समस्या समेत अभिभावकलाई भन्न नसक्दा त्यसको असर उनीहरूको पढाइमा समेत देखिने गर्छ ।

यस्ता समस्याबाट बालबालिकाहरूलाई टाढै राख्नका लागि प्रत्येक अभिभावकहरूले यी कुरामा ध्यान राख्नु पर्ने नर्स सुरक्षा बताउँछिन् ।

पौष्टिक तत्वको कमी

बालबालिकाको उमेर भनेको बढ्ने उमेर हो । यस उमेरमा बालबालिकाहरूलाई सामान्यभन्दा बढी पौष्टिक खानेकुराको आवश्यक्ता पर्छ । यस्ता पौष्टिक तत्व चना, चिउरा, रोटी, तरकारी, खीर, हलुवा, मौसमी फलफूल लगायतबाट प्राप्त गर्न सकिन्छ ।

‘जब कि अभिभावकहरूले बालबालिकालाई यस्तो खानेकुरा पठाउनुका सट्टा खाजामा चाउचाउ,चिजबल, विस्कुट लगायतका जंकफुड हालिदिने गर्छन् । यस्ता खानेकुराको सेवनले बालबालिकामा मोटोपना बढ्नुका साथै उनीहरू शारीरीक तथा मानसिक रूपमा समेत कमजोर हुने गर्छन्’, नर्स सुवेदी भन्छिन् ।

रोगको सक्रमण

लामो समय स्कुल वा घर बाहिर बस्दा बालबालिकाहरूमा रोगको संक्रमण हुने खतरा समेत बढ्ने गर्छ । विशेषगरी, पर्याप्त आराम, सन्तुलित तथा पोषणतत्वको कमी भएमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने गर्छ । जसका कारण बालबालिकालाई विभिन्न रोगको संक्रमण हुने खतरा बढ हिुन्छ ।

त्यतिमात्र हैन, रोग प्रतिरोधात्मक क्षमता कम भएमा वा शरीरमा पोषकतत्वको कमी भएमा बालबालिकालाई ज्वरो आउने, कमजोर महसुस हुने लगायतका विभिन्न समस्या समेत देखिने गर्छ ।

त्यसैले अभिभावकको कार्य व्यवस्तताका कारण बालबालिकामा कुनै नकारात्मक असर नपरोस् भन्नका लागि यी उपायहरू अपनाउनुपर्ने नर्स सुवेदी सुझाव दिन्छिन् ।

भन्छिन्, ‘यसले बालबालिकामा कुनै असर नपरोस् भन्नका लागि सर्वप्रथम प्रत्येक अभिभावकले काम सकिनासाथै आˆना बालबालिकाहरूलाई पर्याप्त समय दिनु पर्छ । त्यो समयमा उनीहरूले आˆना बालबालिकासित हास्ने, खेल्ने, बोल्ने तथा उनीहरूको कुरा सुन्ने गर्नु पर्छ । साथै, उनीहरूलाई सही र गलत बीचको फरक बताउने, उनीहरूलाई विभिन्न कुरा सिकाएर पनि मनोवैज्ञानिक असर हुनबाट जोगाउन सकिन्छ ।

त्यस्तै, बालबालिकालाई स्कुल वा डे केयरमा पठाइसकेपछि बालबालिकाले खाना खाए नखाएको, के खाएको, कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरामा ध्यान दिएर, प्रत्येक स्कुललाई यस्ता समस्याबारे काउन्सिलिङ्ग दिएर, बालबालिकाहरूलाई कुन उमेरमा कति पोषण तत्वको जरुरत छ भन्नेबारे जानकारी दिएर पनि यो समस्या हल गर्न सकिन्छ ।

त्यसबाहेक, बालबालिकाहरूसित रिसाउने तथा झर्किने नगरेर, उनीहरूसित राम्रोसित बोलेर,बालबालिकाको हरेक प्रश्नको सही जवाफ दिएर, उनीहरूसित साथीको व्यवहार गरेर तथा आफ्नो समस्या उनीहरूलाई बताएर पनि एउटा अभिभावकले आˆना बालबालिकाहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?