Comments Add Comment

वार्षिकोत्सवमा एक रुपैयाँमै हेयर डिजाइन ? 

सामान्यतः कपाल काट्नका लागि ७० वा ८० रुपैयाँ खर्च गर्नुपर्छ । कपाललाई राम्रो बान्कीमा सजाउनका लागि भने कम्तीमा चार/पाँच सय रुपैयाँ चाहिन्छ । शहरमा यस्ता व्युटी सैलुनहरू छन्, जहाँ हेयर डिजाइनसँगै सौन्दर्य सम्बन्धी सबै किसिमका सेवा उपलब्ध हुन्छन् ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको एक तलामाथि यस्तै सैलुन सञ्चालनमा छ । सैलुनको नाम हो, दिभान । दिभानले गत आइतबार आफ्नो वार्षिकोत्सवका अवसरमा आगन्तुक तथा ग्राहकका लागि विशेष सहुलियत प्रदान गर्‍यो । अन्य अवस्थामा ४ सय रुपैयाँ तिनुपथ्र्यो भने उक्त दिन एक रुपैयाँमै कपाल काट्ने सेवा दिइयो । यो सेवा नेल आर्टदेखि महेन्दीसम्ममा दिइएको थियो । यसबाहेकका अन्य सौन्दर्यसम्बन्धी सेवामा पनि २७ प्रतिशत छुट दिइएको थियो ।

दिभानको सामाजिक अभियान

नेपाली सौन्दर्य ब्रान्ड ‘दिभान’ले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा महिला हिंसा विरुद्धको अभियान सुरु गर्‍यो । दिभानमा कार्यरत सबैले आफ्नो युनिर्फममा ‘महिला हिंसा रोकौं’ अकित पहिरन लगाउने गरेका छन् । साथै कम्पनीले आफ्ना सबै उत्पादन तथा सेवाहरूमा यो नारालाई अनिवार्य रूपमा प्रयोग गर्ने नियम बनाएको छ ।

दिनहुँजसो महिलामाथि हुने हिंसात्मक गतिविधिका समाचार आउँदा त्यसले आम मानिसमा पर्नसक्ने  मानसिक प्रभावबाट बच्न कम्पनीले यस किसिमको अभियान चलाएको ‘दिभान’का सञ्चालक रमेश पराजुली बताउँछन् ।

विशेषगरी सौन्दर्य प्रसाधनमा कार्यरत कम्पनीहरूले यस किसिमको अभियान चलाउँदा त्यसले महिलालाई प्रत्यक्ष फाइदा पुर्‍याएको पराजुलीको अनुभव छ । पराजुलीले विदेशबाट आयात गरिने गुणस्तरहीन सौन्दर्य सामग्रीको अनुगमन गर्ने निकायको आवश्यकता भएको अनुभव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment