+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

धानको ब्याडकै माला लगाएर मुख्यमन्त्रीले रोपे धान

टोपराज शर्मा टोपराज शर्मा
२०७५ असार १५ गते ११:५६

१५ असार, बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको सैनामैनामा रोपाईं महोत्सव गरेको छ । ‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ नाराका साथ पाँच नम्बर प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले रुपन्देहीको सैनामैनामा ८ बांसगढीमा विशेष रोपाईं महोत्सव गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसदहरु विष्णु पन्थी, भूमिश्वर ढकाल,दधिराम न्यौपाने, थानकुमारी थापा लगायतले स्थानीय महिला रोपाहारसंगै धान रोपेर रोपाईं महोत्सव उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई मानेर प्राथमिकताका साथ वजेट विनियोजन गरेको बताए ।

वजेटमा कृषि क्षेत्रलाई ९० करोड विनियोजन गरेको उल्लेख गर्दै उनले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बांझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानुन बनाइने बताए ।

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रिकरण,व्यवसायिकरण र आधुनिकरणमा प्रदेश सरकारले जोड दिएको बताइन् ।

साना किसान सहकारी संस्था सैनामैनाको सहजिकरणमा भएको रोपाईं महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की,उपप्रमुख बिना रानामगरसहित पांच सय बढी महिला रोपाहार धान रोपाईंमा सहभागी भएका थिए ।

महोत्सवमा सांसदहरु किसानहरु पन्चेबाजाको तालमा नाचेका थिए । १५ वर्ष अघि वि.सं. ०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाइँदै आइएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?