+
+
Shares

चपली हाइटमा मध्यराति ट्याक्सी ड्राइभर लुटिए, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ११ गते १९:२५

११ साउन, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार र झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाल छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । यसअघि गएराति ११ बजे बा बा २ ज २७१३ र बा २ ज ३६६९ नम्वरको ट्याक्सीमा यात्रु बनेर चढेका उनीहरुले चपलीहाइटमा चक्कु देखाएर लुटपाट गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार चालकको साथबाट उनीहरुले मोबाइल र नगद लुटपाट गरेका थिए । लुटपाटपछि भागेका मध्ये परियार र शिल्पकार तत्कालै पक्राउ परे भने फरार ढकाल शुक्रबार बिहान धापासीबाट पक्राउ परेको थापाको भनाइ छ ।

प्रहरीका अनुुसार उनीहरुको साथबाट ५ हजार ६ सय रुपैयाँ नगदसहित ६ वटा मोबाइल, एउटा औंठी, खुकुरी, हाते बञ्चरो, चक्कु लगायतका सामाग्री बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?