+
+
Shares

खाँडको चेतावनी : ओलीजी बोली र गोली बन्द गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १८:०२


१५ साउन, भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बोलीमा नियन्त्रण गर्न सुझाव दिएका छन् ।

अहिलेको सरकार आएपछि बोली र गोलीबाहेक अरु सबै महंगो भएको भन्दै उनले जथाभावी नबोल्न र शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न सचेत गराए ।

नेपाली कांग्रेस रुपन्देहीले भैरहवाको मिलनचोकमा गरेको विरोधसभामा बोल्दै नेता खाँडले महंगी नियन्त्रण गर्न,अघिल्लो सरकारका निर्णय नउल्टाउन ,जथाभावी निर्णय नगर्न पनि आग्रह गरे ।

‘सरकारले डा. गोविन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलाउने, चितवनमा ईरिक्सा चालक मजदुरमाथी गोली ठोकेको पटक्कै रुचाएका छैनन्’ उनले भने ।

प्रधानमन्त्री ओली जनताको मालिक बन्न खोजेको भन्दै खाँडले सेवक बन्न सुझाव दिए ।

कम्युनिष्टहरुले चुनावका बेला जनतालाई झुक्याएर अहिले पद पाएको टिप्पणी गर्दै उनले अब जनता नझुक्किने दावी गरे ।
प्रतिनिधि सभाका सदस्य भरतकुमार शाहले सरकारको दिनगन्ती शुरु भएको बताए ।

उनले संसारका कुनै देशमा सरकारले जनतालाई यति धेरै दुख नदिएको स्मरण गर्दै उनले कर वृद्धि नगर्नसमेत अपील गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?