२४ साउन, काठमाडौं । छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिने एक जना पक्राउ परेका छन् ।
छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोजेको देखिएकाले बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौंको कपन बस्ने राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएका थिए ।
त्यसपछि राकेशलाई कार्यालयमा नै बोलाएर सोधपुछ गर्दा उनले गलत सूचना दिएको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4