Comments Add Comment

इन्स्टाग्राममा श्रद्धा कपुरले उछिनन् दीपिका र प्रियंकालाई

नायिका श्रद्धा कपुर इन्स्टाग्राममा सर्वाधिक लोकप्रिय बलिउड सेलिब्रिटी बनेकी छन् । दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई उछिन्दै उनी सर्वाधिक लोकप्रिय बन्न सफल भएकी हुन् ।

एक भारतीय एजैन्सीले गरेको अध्ययनले फ्यान फलोइङ, लाइक्स, कमेन्ट आदिका आधारमा नायिकाहरुको लोकप्रियता मापन गरेको थियो । अघिल्लो वर्ष सातौं नम्बरमा रहेकी श्रद्धा एकैचोटि एक नम्बरमा उक्लेकी हुन् । अघिल्लो वर्ष पहिलो नम्बरमा रहेकी प्रियंका चोपडा भने यसपाली चौंथो नम्बरमा झरेकी छन् ।

दोस्रो स्थानमा आलिया भट्ट छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । र्‍याङ्किङमा श्रद्धालाई १०० अंक प्राप्त भएको छ । आलियालाई ८५ र दीपिकालाई ६८ अंक प्राप्त भएको छ । यसैगरी प्रियंकाले ६५ अंक पाएकी छन् ।

श्रद्धाले राजकुमार रावसँग अभिनय गरेको फिल्म ‘स्त्री’ र शाहिद कपुरसँग अभिनय गरेको फिल्म ‘बत्ती गुल मिटर चालु’ को पब्लिसिटीका कारण इन्टाग्राममा लोकप्रिय भएकी हुन् । यसका साथै उनका पोष्ट र स्टोरीहरुको पनि यसमा ठूलो हात छ । आलिया भने फिल्म ‘राजी’ को सफलतापछि लोकप्रिय बनेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment