+
+
Shares

सिन्धुपाल्चोकमा पाँच वर्षदेखि लगातार प्राकृतिक विपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते १२:५८

३ भदौ, सिन्धुपाल्चोक । २०७१ साउन १७ गते राति सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा जुरेमा पहिरो जाँदा १ सय ४५ जनाको मृत्यु भयो, सयौं घरवारविहीन भए भने करोडौंको भौतिक क्षति भयो । जुरे पहिरो पीडितहरु अहिले पनि विस्थापित छन् ।

जुरे पहिरोको १ वर्षपछि विनाशकारी भूकम्प गयो, भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भयो र ४५ सय बढीको मृत्यु भयो । भूकम्पमा ध्वस्त निजी संरचनाहरु यतिबेला पुननिर्माणको चरणमा रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त जलविद्युत आयोजना लगायतका अन्य संरचनाहरु निर्माणको चरणमा नै रहेको छ ।

भूकम्पको १ वर्षपछि भोटेकोशीमा आएको बाढीले नदी किनारका सयांैं घरवारविहीन भएका छन् भने भोटेकोशी करिडोरमा रहेको साना ठूला जलविद्युत आयोजनाहरु पूर्ण रुपमा क्षति भएका थिए ।

भोटेकोशी बाढीले क्षतिग्रस्त संरचना निर्माण हुदै गर्दा गत वर्ष नेपाल चीन सीमानजिकै १० किलोमा रहेको पक्की मोटरवेल पुल पहिरोका कारण भाँचियो र भोटेकोशी नदीले बगायो । पुल बगाएपछि यस क्षेत्रका वासिन्दा बिरामी हुँदासमेत अस्पताल जानबाट वञ्चित भए ।

स्थानीयको व्यापक दबाबपछि पुल बगाएको झण्डै १ वर्षपछि बेलीब्रिज त निर्माण भयो तर निर्माण नसकिदै भाँचियो । लगातार चार वर्षदेखि प्राकृतिक विपत्ति सहदै आएका विशेषत क्षेत्र नम्बर १ का स्थानीयलाई शुक्रबार र शनिबार फेरि अर्काे बज्रपात पर्‍यो ।

बाह्रविसे, खुर्सानीबारीको साँधीखोलामा रहेको पक्की पुल वर्षासँगै आएको बाढीले बगाएपछि विशेषत सीमा क्षेत्रका वासिन्दा फेरि सडक सम्बन्धबाट विच्छेद भएका छन् । शनिबार राति आएको बाढीले पुलमात्रै बगाएको छैन, बाह्रविसे बजार पुरै बगरमा परिणत भएको स्थानीय कबितमान श्रेष्ठलेे बताए ।

मध्यरातमा बजारमा भेल पसेपछि बजारबासी हारगुहार गर्दै सुरक्षित स्थानमा भागेका थिए । बजारका धेरै घरहरु जोखिममा रहेको स्थानीय राम श्रेष्ठले जानकारी दिए । ‘पाँच वर्षदेखि लगातार हाम्रो क्षेत्रमा प्राकृतिक विपत्तिका ठूला घटनाहरु भइरहेका छन्’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने,’वर्षैपिच्छे हुने घटनाले स्थानीय त्रसित हुने गरेका छन् ।’

लगातारको प्राकृतिक विपत्तिबाट हैरानी व्यहोर्दै आएका भोटेकोशी गाउँपालिकाबासीको यतिबेला फेरि राजधानीसँगको सडक सम्बन्ध टुटेको छ । वर्षा लाग्नसाथ सीमा क्षेत्रका बासिन्दा सधैं त्रासमा बस्नुपरेको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?