+
+
Shares

पोखरामा ‘ए मेरो हजुर ३’को शुभमुहुर्त, अनमोल–सुहानाको जोडी यस्तो देखियो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते १८:१४

निर्देशक झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो ।

चलचित्रको अहिले पोखरामा नै केही दृश्यको छायांकन भैरहेको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको रेगुलर छायांकन भने असोज ६ गतेबाट सुरु हुनेछ । म्यूजिक लभस्टोरी चलचित्रबाट निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा भित्राउन लागेकी हुन् । हाल सुहानाले अभिनयको कोर्ष सिकिरहेकी छिन् । नायक अनमोल केसी आज पोखरामा आयोजना हुन लागेको ‘अनमोल इभ’मा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका थिए । सोही समयमा चलचित्रको शुभसाइत समेत गरिएको हो ।

शुभसाइत समारोहमा अनमोल सुहानाले कुनै पनि प्रतिक्रिया दिएनन् । अनमोलको तस्बिर अंकित टिसर्ट लगाएर पुगेका दर्जन यूवतीहरुसँग सुहाना र अनमोलले तस्बिर खिचाएका थिए । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?