Comments Add Comment

नबिल बैंकको शैक्षिक कर्जा झन् सहज

१८ भदौ, काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि दिँदै आएको शैक्षिक कर्जाको प्रक्रियालाई झन् सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।

विद्यार्थीहरुले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न बैंकका नायव महाप्रबन्धक रमेश लोहनीले जानकारी दिए । नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने बैंकको विश्वास छ । अब विद्यार्थीले कर्जा प्रकृयाको लागि पुग्दो समय पाउने र शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पु¥याउनुपर्ने वाध्यताबाट मुक्ति पाउने नायव महाप्रबन्धक लोहनीले बताए ।

संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग ०८ भदौमा अन्र्तक्रिया गरेको थियो । कार्यक्रम बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत अन्य वरिष्ठ व्यवस्थापकहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment