Comments Add Comment

अमेरिकामा अनमोल र साम्राज्ञीलाई पपुलर नायक-नायिकाको अवार्ड, भूवन ‘यूग नायक’

अमेरिकामा आयोजना भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुप्रसिद्ध नायक-नायिकाको अवार्ड प्रदान गरिएको छ ।

नेपाल चलचित्र संघले आयोजना गरेको ‘नेम्पा पपलुर फिल्म अवार्ड’मा अनमोल र साम्राज्ञी पपुलर नायक-नायिकाको अवार्ड प्राप्त गर्न सफल भएका हुन् । अवार्ड समारोहमा अनमोल र साम्राज्ञी दुबै उपस्थित थिएनन् ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म आयोजना भएको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा ‘नेम्पा पपुलर अवार्ड’ पनि आयोजना गरिएको हो । अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया र एनाले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेका हुन् ।

अवार्डमा पपुलर फिल्मतर्फ ‘छक्का पन्जा २’, पपुलर निर्देशकको विधामा दिपाश्री निरौला, पपुलर सह-नायिकाको विधामा नीता ढुंगानालाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, पपुलर हाँस्य कलाकारमा केदार घिमिरे र विल्सन विक्रम राइ, पपुलर सह-अभिनेता जितु नेपाल, पपुलर कोरियोग्राफरको विधामा कविराज गहतराजले अवार्ड प्राप्त गरेका थिए ।

यस्तै, गेहेन्द्र धिमाललाई एचिभमेन्ट अवार्ड, कलाकार सुनिल थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, नायक भूवन केसीलाई यूग नायकको अवार्ड प्रदान गरिएको थियो ।

अवार्डमा सहभागी हुनका लागि निर्देशक दिपाश्री निरौला, नायक भूवन केसी, हाँस्य कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, नायिका नीता ढुंगाना, कलाकार सुनिल थापा लगायत अमेरिका पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment