Comments Add Comment

तिब्बत भ्रमण पूरा गरी स्वदेश फर्किए सभामुख

२७ भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी भएको बताएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमण फलदायी र निकै उपलब्धिमूलक भएको बताए ।

तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरेको पाइएको उनले बताए । तिब्बत सरकारका प्रमुखसँग भउको भेटमा पनि तातोपानी नाका खुलाउने विषयमा छलफल भएको भन्दै उनले नाका छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको बताए ।

गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत गएका सभामुख महरा ‘चौथो चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा सहभागी भएका थिए । उनले तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment