Comments Add Comment

गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीय खुसी

सिन्धुपाल्चोक । उपचारका लागि टाढा जानुपर्ने बाध्यताबाट बाह्रविसे नगरपालिका-४ र ५ का स्थानीयवासीले मुक्ति पाएका छन् । गाउँमा नै स्वास्थ्य चौकी निर्माण भएपछि उनीहरुको बाध्यता हटेको हो ।

यसअघि बिरामी हुदाँ उपचारका लागि ३ घण्टा टाढा बाह्रविसे बजारसम्म पुग्नुपर्नै स्थानीयको बाध्यता थियो । स्वास्थ्य चौकीमा औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीय अब बिरामी हुँदा उपचार अभाव नहुने भन्दै खुसी छन् ।

अमेरिकाको सेन्टरोसा काष्ठमण्डब लायन्स क्लब, भोलेन्टिएर क्रप्स नेपाल र सीडीआरटीको सहयोगमा बाह्रविसे नगरपालिका-४ र ५ का स्थानीयलाई सुविधा हुने गरी सामुदायिक स्वास्थ्य चौकी निर्माण गरिएको छ ।

४० लाख रुपियाँको लागतमा निर्माण भएको साुमदायिक स्वास्थ्य चौकीको पूर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चार कोठे प्रिफ्याब भवनमा सहयोगी संस्थाहरुले औषधि र दुईजना स्वाथ्यकर्मी समेत आफ्नै खर्चमा राखेका छन् ।

यस स्वासथ्य केन्द्रमा आउने विरामीहरुलाई सबै औषधिसमेत निःशुल्क वितरण गरिने सीडीआरटी नेपालका संयोजक प्रकाश बस्नेतले जानकारी दिए ।

गम्भीर प्रकृतिका विरामीहरुलाई अन्यत्र उपचारका लैजान सहज होस भचन्ने उदेश्यले एम्बुलेन्ससमेत खरिद गरेर स्वास्थ्य चौकीलाई प्रदान गर्न लागेको बस्नेतले जानकारी दिए ।

अमेरिकाको क्यालोफोर्नियामा अध्ययनका लागि गएका बस्नेतले त्यहाँ रहेका नेपाली र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरेर आफ्नो गाउँमा स्वास्थ्य संस्था बनाएको बताए ।

स्वास्थ्य चौकी निर्माणपछि साविकको बाह्रविसे घोर्थली लगायतका दुई हजार बढी स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने स्थानीय एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

प्राकृति विपत्तीबाट पीडित रहेका जिल्लाबासीलाई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहयोग गरेर संघसंस्थाहरुले ठूलो उपकार गरेको बस्नेतले बताए ।

स्वास्थ्य चौकी निर्माण गर्ने संघसंस्थाहरुले आफ्नै गाउँमा आएर यसअघि पनि भूकम्प पीडितहरुलाई विभिन्न सहयोग गरेको बस्नेतले बताए ।

सामुदायिक स्वास्थ्य संस्था उद्घाटन समारोहमा भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment