Comments Add Comment

खुर्सिदका हत्यारा सात समुद्र पार भए पनि ल्याउँछौंः गृहमन्त्री

१४ असोज, सुनसरी । भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहतस्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए ।

मन्त्री थापाले घटनामा संलग्न अपराधी सात समुद्र पार भए पनि कानुनी दायरामा ल्यार्इ छाड्ने बताए । ‘देश स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदमाथि आक्रमण गरेको हो’, थापाले भने ।

सोही कार्यक्रममा आलमको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

देश टुक्राउन चाहनेलाई छाडिन्न, निर्मलाको प्रतिवेदन सार्वजनिक हुन्छ

यसैवीच गृहमन्त्री थापाले बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देश टुक्राउने चाहनेहरुलाई सरकारले कुनैपनि हालतमा छुट नदिने बताएका छन् ।

मुलुकलाई टुक्राउने अभियानमा लागेका जो कसैलाई पनि सरकारकाले प्रचलित ऐन,कानुन अनुसार कार्बाही गरेर छाड्ने मन्त्री थापाले दाबी गरे ।

मन्त्री थापाले भने- ‘अहिलेको सरकार मुलुकको रक्षा, स्वाधीन्ाताको पक्षमा छ, देश टुक्राउने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन्न, आवश्यक कानुनी कारवाही हुन्छ ।’

गृहमन्त्री थापाले ६ महिनामा सरकारले शान्ति सुरक्षाको अवस्थामा निकै सुधार आएको दाबी गरे ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धमा तयार पारिएको प्रतिवेदन समय आएपछि सार्वजनिक गर्ने जानकारी दिए ।

गृहमन्त्री थापाले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दोहर्‍याए । उनले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताए ।

यो पनि पढ्नुहोस सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ? यो पनि पढ्नुहोस ८ बुँदे सहमतिपछि खुर्सिदको शव उठाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment