+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ७:४७

१९ असोज, काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे ।

‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छाैं ।’ उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

यो पनि, कमल ज्ञवाली दम्पतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?